मधेसखबर
वीरगन्ज, १८ कार्तिक : पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले सकृयता बढाएसंगै यस क्षेत्रमा अन्य दलका नेता कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गरि जसपामा प्रवेश गर्ने क्रम तिब्र भएको छ ।
शुक्रबार वीरगन्ज महानगरका विभिन्न वडाका नेपाली काँग्रेस , नेकपा एकिकृत समाजवादी , नेपाल सुशासन पार्टीका वडास्तरमा प्रभाव राख्ने नेताहरु नै जसपामा प्रवेश गरेका हुन् ।शुक्रबार साँझ फेरि वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा नेकपा एकिकृत समाजवादी र सुशासन पार्टीका नेताहरु जसपामा प्रवेश गरेका छन् ।
वडा नम्बर १४ का सुशासन पार्टीका वडा कमिटी सचिव राजु पटेल र नेकपा एसका नेता राजेश पटेलको नेर्ततवमा १६ जना जसपामा प्रवेश गरेका हुन् । उनिहरुसंगै प्रमा प्रसाद कुर्मी , वीरेन्द्र प्रसाद कुर्मी , सरोज कुमार सिंह , सचिन प्रसाद, राजु साह ,विजय पटेल, विकास प्रसाद कुर्मी ,रामु पटेल, सुरेन्द्र प्रसाद कुर्मी , सुरेश पटेल, ढारा पटेल, विनेश पटेल, विष्णु पटेल,अमीरी लाल, सचिन पटेल र सुदामा पटेल जसपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई पूर्व मन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेदवार यादवले टिका लगाउर पार्टीमा स्वागत गर्दै युवाहरुको प्रवेशले जसपा झन मजबुत भएको बताए । उनले मधेस र मधेसीका लागि संघर्षरत जसपा प्रति पर्सा जिल्लाभरी नै आकर्षण बढ्दै गएकोले जित झन् सुनिश्चित हुदै गएको बताए ।