Madhes Khabar
मनोरञ्जन

साम्प्रदायिक हिंसा फैलाउन खाेज्ने युट्युबर राई पक्राउ

काठमाडौं,१५पुष:साम्प्रदायिक हिंसा फैलाउन षड्यन्त्र गरेको आरोपमा भारतको सिक्किमबाट खोटाङकी युट्युबर उमा चाम्लिङ राई पक्राउ परेकी छिन् । उनका अभिव्यक्ति र सामग्री हिंसा फैलाउने खालका भएको भन्दै सिक्किम पुलिसले हिजो शनिबार राईलाई पक्राउ गरेको इन्डिया टुडेले जनाएको छ ।

सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले दायर गरेको एफआईआरको आधारमा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राईले केही दिनअघि सामाजिक सञ्जालमार्फत सिक्किमका राई समुदायका सदस्यहरूलाई आफ्नो अधिकारका लागि खडा हुन आग्रह गरेकी थिइन् । आउँदो वर्ष अर्थात् सन् २०२४ को विधानसभा चुनावलाई प्रभाव पार्ने उद्देश्यले उनले सिक्किमका बासिन्दाबीच साम्प्रदायिक हिंसा र आतङ्क फैलाउने षड्यन्त्र गरेको एफआईआरमा उल्लेख छ ।

पक्राउ परेकी उमाले सिक्किमका विभिन्न जातजाति र सम्प्रदायबीच हिंसा भड्काउने खालका सामग्री युट्युबमा राख्दै आएको आरोप लगाइएको छ । राईलाई अदालतमा हाजिर गराएपछि प्रहरीले थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति पाएको स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेको समाचारमा उल्लेख छ ।

Related posts

वीरगन्ज नजिकै चैनपुरमा पहिलो फन पार्क सन्चालन

MadhesKhabar

इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत

MadhesKhabar

नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

MadhesKhabar

Leave a Comment