Madhes Khabar
मनोरञ्जन

‘गदर २’ ले कमायो ४ सय करोड भारु

काठमाडौं,६ भदौं : बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ’गदर २’ ४ सय करोड क्लबमा समावेश भएको छ।अगस्ट ११ अर्थात साउन २६ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले मंगलबार १२ करोड १० लाख भारू कमाउँदै ४ सय करोड क्लबमा समावेश भएको हो।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले भारतीय बक्स अफिसमा १२ दिनमा ४०० करोड ७० लाख भारू कमाएको छ। फिल्मले दर्शकको साथ पाउनुको साथै समीक्षकहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए।

यो फिल्मले रिलिज भएदेखि नै नयाँ–नयाँ रेकर्ड राख्दै आएको छ ।’गदर २’ सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ। यसअघि शाहरूख खानको ’पठान’ ले हिन्दी संस्करणमा पहिलो दिन ५५ करोड भारू कमाएको थियो।

अनिल शर्माले निर्देशन गरेको ’गदर २’ मा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

सन् २००१ मा प्रदर्शन भएको ’गदर’ ले पनि भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। साभार : सेतोपाटीबाट

Related posts

मिस नेपालकाे वीरगन्ज अडिसनमा ७ जना मात्रै सहभागी

MadhesKhabar

काठमाडौंमा हिन्दी फ्लिम चल्न नदिने मेयर बालेनकाे चेतावनी

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

Leave a Comment