Madhes Khabar
मनोरञ्जन

वीरगन्ज नजिकै चैनपुरमा पहिलो फन पार्क सन्चालन

मधेसखबर
वीरगन्न्ज,२३ भदौं : पर्सा र बाराका स्थानीयलाइ लक्षित गरि बाराको परवानीपुर नजिकै फन पार्क सन्चालनमा ल्याइएको छ ।

वीरगन्ज पथलैया सडक खण्ड अन्तर्गत बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ४ चैनपुरमा फन पार्क सन्चालनमा ल्याइएको हो । वीरगन्जकै युवा उद्यमी निखिल चाचानले चैनपुरमा थ्रिल फ्याक्ट्री नामक ईन्टरटेन्टमेन्ट जोन र फनपार्क संचालनमा ल्याएका हुन् ।

पर्सा र बाराका स्थानीयलाइ मनोरन्जनका लागि अन्य शहरमा जानु पर्ने बाध्यतालाइ हटाउने उदेश्यले युवा उद्यमी चाचानले वीरगन्ज नजिकैको चैनपुरमा उक्त फन पार्क सन्चालनमा ल्याएका हुन् ।२५ करोड रुपैयाको लगानीमा स्थापना गरिएको उक्त फन पार्कको बुधबार बेलुकी समुदघाटन पनि गरिएको छ ।

 

परवानीपुरको केडिया आँखा अस्पताल नजिक राजमार्ग छेउको १० कठ्ठा क्षेत्रफल जग्गामा सन्चालित फल पार्कमा बच्चादेखि युवा सम्मको खेलकुद लगायतका मनोरन्जनका साधनहरु राखिएको संचालक चचानले वताए । पर्सा र बारा जिल्ला क्षेत्रमै मनोरन्जन गर्ने स्थानको अभाव महसुस भएपछि यो फन पार्क संचालनमा ल्याएको उनले वताए ।

बुधबारदेखि संचालनमा आएको फन पार्कमा १५ किसिमका खेलकुद तथा मनोरन्जनका साधनहरु राखिएकाो चाचानले जानकारी गराए । यो फन पार्क एकै थलोमा सबै भन्दा बढी किसिमको खेलकुद र मनोरन्जनका साधन उपलब्ध भएको पहिलो स्थल भएको दाबी चाचानको छ ।

उक्त फनपार्क सन्चालनमा आएसंगै अब पर्सा, बारावासीलाइ मनोरनज्नका लागि समय बिताउन अन्यत्र जानुपर्ने बाध्यता हटेको उनले बताए ।

Related posts

‘पठान’ले विश्वभर कमायो हजार करोड भारु, बन्यो शाहरुखको करिअरमै धेरै कमाउने फिल्म

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

Leave a Comment