Madhes Khabar
मनोरञ्जन

इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत

काठमाडौं,२२माघ: इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । पूर्वको मेचीपुल हुँदै सोमबार नेपाल आइपुगेकी उनलाई त्यहाँ नेपाली सर्वसाधारणदेखि संघसंस्थाले स्वागत गरे ।

उनलाई भारत सीमावर्ती काँकडभिट्टामा नेपालीले फूलमालाले स्वागत गरेका थिए । झाँकी र र्‍यालीसहित गाडीमा चढाएर उनलाई नगर परिक्रमा गराइएको थियो ।

धुलाबारी, चारअली हुँदै विर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराउँदा स्थानीयले पुष्पगुच्छा र फूलमालाले उनको स्वागत गरे । गृहनगर चारअलीमा आयोजित विशेष कार्यक्रममा पनि स्वागत तथा सम्मान गरियो ।

इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट मेनुका आइतबार बाहिरिएकी थिइन् । उनले शोको क्रममा चर्चित ‘सलार’बाट भारतीय फिल्ममा डेब्यु गरिन् । शोले उनलाई निकै चर्चा दिलायो । उनले अबको एकवर्षसम्म आफू फिल्म, रेकर्डिङ र कन्सर्ट गायनमा ब्यस्त हुने समेत बताएकी छन् ।साभार:अनलाइनखबरबाट

Related posts

एसियाकै सर्वाधिक महँगो अभिनेता बने रजनीकान्त

MadhesKhabar

एक दिनमा सय करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘पठान’

MadhesKhabar

वीरगन्जमा चलचित्र पत्रकार संघ पर्साको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सूर्य विक चयन

MadhesKhabar

Leave a Comment