Madhes Khabar
मनोरञ्जन

काठमाडौं आएकी सन्नी लियाेनले भनिन् – मलाई नेपाल निकै सुन्दर लाग्छ

काठमाडौं ,१५माघ :बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला नेपालमा छिन् । शनिबार बिहान काठमाडौं आइपुगेकी उनी बेलुका एक कार्यक्रममा सहभागी भइन् । त्यहाँ सन्नीले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन गरेकी छन् ।

नेपाली फेसन डिजाइनर सरिन बुढाथोकीलगायतले डिजाइन गरेको पहिरन लगाएर उनले आइतबार बिहान भिडियो पोस्ट गरेकी छन् । कारमा अर्का एक व्यक्तिसँग चढेको इमोजी भिडियो पोस्ट गर्दै उनले नेपाली फ्यानलाई अभिवादन गरेकी छन् । यो उनको तेस्रो नेपाल भ्रमण हो । यसअघि दुईपटक ब्राण्ड प्रमोसनका लागि उनी आएकी थिइन् ।

सन्नीले शनिबार सहभागिता जनाएको कार्यक्रमबाट प्राप्त भिडियोमा उनले आफूलाई नेपाल सुन्दर देश लाग्ने र खुबै मन पर्ने समेत बताएकी छन् । सन्नीले नेपाली फिल्म ‘पासवर्ड’को एक आइटम गीतमा समेत अभिनय गरेकी थिइन् ।

नेपाली फेसन डिजाइनर सरिन बुढाथोकीको डिजाइनमा यसअघि पनि सन्नी र उनका पति डेनियल वेभर समेत सजिइसकेका छन् ।सनभार:अनलाइनखबर

Related posts

कांग्रेस निकट सांस्कृतिक महासंघ पर्साको अध्यक्षमा कुर्मी चयन

MadhesKhabar

वीरगन्ज नजिकै चैनपुरमा पहिलो फन पार्क सन्चालन

MadhesKhabar

बारामा छायांकन गरिएको ‘लै बरी लै लै’ वीरगन्जमा रिलिज

MadhesKhabar

Leave a Comment