Madhes Khabar
मनोरञ्जन

ठोरीका दीपक लामाले ल्याए सेलो गीत ‘ल्होछार मेला’

काठमाडौं,१३पुस: गायक दीपक लामाले ‘ल्होछार मेला’ बोलको सेलो गीत ल्याएका छन् ।

ल्होछार पर्वको महत्त्व दर्शाउने यो गीतमा दीपकलाई चर्चित तामाङ सेलो गायिका सुमिना लोले साथ दिएकी छन् ।

तामाङ लयको यो गीतमा छेवाङ डी स्याङ्बोको शब्द तथा संगीत छ । जोगलाल लामाले एरेन्ज गरेका छन् ।
डम्फुको तालामा नाचौं न
ल्होछार मेलैमा
चिनजान गरौं
हाँसखेल गरौं
भेटभाको भेटभाको बेलैमा…
वर्ष दिनमा मनाइने ल्होछार पर्व हाँसीखुसीले मनाउनु पर्छ भन्ने सन्देश दिने भावको गीत मिनसेङ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

एक महिना अघि मात्रै दीपकले ‘साहिँली’ बोलको तामाङ सेला गीत बजारमा ल्याएका थिए । उनी पर्साको ठोरीका स्थायी बासिन्दा हुन् ।
‘ल्होछार मेला’लाई ‘प्रेम लामा’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
लिंक

Related posts

वीरगन्जका पत्रकार पटेलकाे स्वरमा सजिएकाे छठीमाईको भोजपुरी गीत सार्वजनिक

MadhesKhabar

परिवर्तनको सम्भावना देखें भने राजनीतिमा पक्कै आउँछु : मनिषा कोइराला

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

Leave a Comment