Madhes Khabar
अन्तर्राष्ट्रिय

पहिलोपटक सुँगुरको किड्नी ट्रान्सप्लान्ट गरिएका बिरामीको दुई महिनामै मृत्यु

फाइल तस्बिर ।

काठमाडौं,३०बैशाखःअनुवांशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला(किड्नी) प्रत्यारोपण (ट्रान्सप्लान्ट)गरिएका पहिलो बिरामीको करिब दुई महिनाछि मृत्यु भएको छ । ६२ वर्षका रिचार्ड रिक स्लेम्यानलाई गएको मार्च महिनामा अमेरिकाको म्यासाचुसेट्स जनरल हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । सर्जनले त्यतिबेला सुँगुरको मिर्गौलाले कम्तिमा दुई वर्षसम्म काम गर्ने दाबी गरेका थिए ।

तर, उनको मृत्यु भएका कारण म्यासाचुसेट्स हस्पिटलको मिर्गौला प्रत्यारोपण टोलीले एक वक्तव्य जारी गरी स्लेम्यानको निधनको खबरले गहिरो दुःख लागेको जनाएको छ । टोलीले परिवारका सदस्यलाई समवेदना समेत व्यक्त गरेको छ । उनको मृत्यु प्रत्यारोपणका कारण नै भएको भन्नेबारेमा आफूहरूले कुनै संकेत नपाएको समेत जनाएका छन् ।

उनलाई मिर्गौला प्रत्यारोपणपछि अप्रिल २ मा अस्पतालबाट डिस्चार्ज गरिएको थियो । उनलाई प्रत्यारोपण गरिएको मिर्गौला क्याम्ब्रिजमा रहेको फार्मास्युटिकल कम्पनी इजेनेसिसले उपलब्ध गराएको थियो । स्लेम्यानको पहिलोपटक सन २०१८ मा मिर्गौला प्रत्यारोपण गरिएकोमा त्यो असफल भएको संकेत पाएपछि डायलसिस गर्नु परेको थियो । जब डायलसिसमा पनि जटिलता आयो त्यसपछि चिकित्सकले सुँगुरको मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका थिए ।

मृतकको परिवारले शनिबार एक वक्तव्य जारी गरी उनको मिर्गौला प्रत्यारोपणमा सघाउने चिकित्सक टोलीलाई धन्यवाद दिएको छ । यसअघि सुँगुरको मिर्गाैला ‘ब्रेन डेथ’ व्यक्तिमा परीक्षणका लागि प्रत्यारोपण गरिएको थियो भने दुई मानिसलाई सुँगुरको मुटु प्रत्यारोपण गरिएकोमा दुवैको केही महिनाभित्रै मृत्यु भएको थियो । द गार्जियन

 

Related posts

टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि १३ सय भन्दा बढिको मृत्यु

MadhesKhabar

दिल्लीका मुख्यमन्त्री केजरिवाललाई थप १५ दिन थुनामा राख्न अदालतको आदेश

MadhesKhabar

भारतीय कमेडियन राजु श्रीवास्तवकाे निधन

MadhesKhabar

Leave a Comment