Madhes Khabar
अन्तर्राष्ट्रिय

माेरक्काेमा विनाशकारी भुकम्प : ६३० भन्दा बढीकाे मृत्युु

काठमाडौं,२३भदाैं: मोरक्कोमा शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ सय नाघकेो छ । अमेरिकी सञ्चार माध्यम सीएएनले मोरक्कन टेलिभिजन अल आउलालाई उद्धृत गर्दै भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३२ पुगेको जनाएको छ ।

त्यस्तै ३२९ जना घाइते भएको र तीमध्ये ५१ जनाको अवस्था गम्भीर रहेको सीएनएनले उल्लेख गरेको छ ।
मोरक्कोको आन्तरिक मामिला मन्त्रालयका अनुसार शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको बीबीसीले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको बीबीसीले जनाएको छ । यूएएस जिओलोजिकल सर्भेका अनुसार भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको छ ।साभार:ईकान्तिपुरबाट

Related posts

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन

MadhesKhabar

बन्द रहेको विद्यालयमा महिलाले लगाउने १५० वटा ब्रा फेला परेपछि प्रहरी नै चकित

MadhesKhabar

सात तल्ले भवनमा भएकाे आगलागीमा परेर ४४ जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment