Madhes Khabar
अन्तर्राष्ट्रिय

हेलिकप्टर दुर्घटनामा गृहमन्त्री सहित १६ जनाको मृत्यु

एजेन्सी,०४ माघ : युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला (गृह) मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ ।

राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको हो ।

मृत्यु हुनेमा २ जना बालबालिका पनि छन् । दुर्घटनामा १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ ।साभारः अनलाइनखबर

Related posts

जम्मुमा वैष्णाेदेवी जाँदै गरेकाे बस दुर्घटना हुदाँ १० जनाकाे मृत्यु

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

भारतको अरुणाञ्चल प्रदेश आफ्नो क्षेत्र भएको चीनको दाबी

MadhesKhabar

Leave a Comment