Madhes Khabar
अन्तर्राष्ट्रिय

जम्मुमा वैष्णाेदेवी जाँदै गरेकाे बस दुर्घटना हुदाँ १० जनाकाे मृत्यु

एजेन्सी, १६जेष्ठ : भारतकाे जम्मुको कटराबाट १५ किलोमिटर टाढा झज्जर कोटली नजिक मंगलबार बिहान एउटा बस पुलबाट खसेर दुर्घटना भएको छ। उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

स्थानीय बासिन्दा, सीआरपीएफ र एसडीआरएफले घटनास्थलमा मानिसहरूको उद्धार गरेको छ।

बस अमृतसरबाट वैष्णोदेवी जाँदै थियो। त्यसमा ७५ यात्रु सवार थिए। सबै यात्रु बिहारका हुन्। जम्मूका उपायुक्त अवनी लवासाले दुर्घटनामा ४ जना गम्भीर घाइते भएको बताए। अरुलाई सामान्य चोट लागेको छ।

गम्भीर घाइतेलाई जीएमसी जम्मुमा भर्ना गरिएको छ। अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको समाचार हिन्दी सञ्चार माध्यम दैनिक भास्करमा छ।

Related posts

भारतमा सरसफाइको काम गर्ने ७ जना महिला बने करोडपति

MadhesKhabar

इजरायल-हमास युद्धमा २२ जना पत्रकारको मृत्यु ,कैंयन बेपत्ता

MadhesKhabar

भारतीय सेनाले भन्यो– पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो

MadhesKhabar

Leave a Comment