Madhes Khabar
अन्तर्राष्ट्रिय स्वास्थ्य

कोरोना खोप विकासमा संलग्न दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

फाइल फोटो

काठमाडौं,१५असोजः यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्र्यु वाइसम्यानले संयुक्तरूपमा प्राप्त गरेका छन् ।

कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरेबापत दुवै जनालाई नोबेल चिकित्सा पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल पुरस्कार कमिटिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्विडिस एकेडेमीले आज सोमबार एक कार्यक्रमका बीच चिकित्सातर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो । विजेतालाई स्वर्ण पदक र संयुक्तरूपमा १० लाख अमेरिकी डलर दिइनेछ ।

सन् २०१९ मा कोरोना शुरु भएपनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि नै अनुसन्धानमा खटिएका थिए । एमआरएन प्रविधि क्यान्सरसहित अरू रोगविरुद्धको खोप विकासमा लागि समेत भइरहेका अनुसन्धानमा प्रयोग भएको छ । कोरोना महामारीका बेला मोडर्ना, फाइजर÷बायोएनटेक लगायतका कम्पनीले एमआरएनए प्रविधिमा आधारित खोप बनाएका थिए । कोरोनाविरुद्धको खोपले लाखौँ मानिसको ज्यान जोगाउन सफल भएको समेत नोबेल कमिटीले जनाएको छ ।

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार भोलि अर्थात् अक्टोबर ३, रसायन शास्त्रतर्फको अक्टोबर ४, साहित्यतर्फ अक्टोबर ५, शान्तिका लागि अक्टोबर ६ र अर्थशास्त्रका लागि अक्टोबर ९ मा विजेता घोषणा गर्ने नोबेल कमिटीले जनाएको छ ।

Related posts

रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता

MadhesKhabar

वीरगन्जमा हैजाविरुद्धको १० लाख डोज खोप अभियान सञ्चालन गरिने

MadhesKhabar

राहुल गान्धीलाई जेल सजायको फैसलापछि भारतीय कांग्रेसले भन्यो- गान्धी डराउँदैनन, मुद्दा दायर गर्छन्

MadhesKhabar

Leave a Comment