Madhes Khabar
अन्तर्राष्ट्रिय स्वास्थ्य

कोरोना खोप विकासमा संलग्न दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

फाइल फोटो

काठमाडौं,१५असोजः यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्र्यु वाइसम्यानले संयुक्तरूपमा प्राप्त गरेका छन् ।

कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरेबापत दुवै जनालाई नोबेल चिकित्सा पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल पुरस्कार कमिटिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्विडिस एकेडेमीले आज सोमबार एक कार्यक्रमका बीच चिकित्सातर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरेको हो । विजेतालाई स्वर्ण पदक र संयुक्तरूपमा १० लाख अमेरिकी डलर दिइनेछ ।

सन् २०१९ मा कोरोना शुरु भएपनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि नै अनुसन्धानमा खटिएका थिए । एमआरएन प्रविधि क्यान्सरसहित अरू रोगविरुद्धको खोप विकासमा लागि समेत भइरहेका अनुसन्धानमा प्रयोग भएको छ । कोरोना महामारीका बेला मोडर्ना, फाइजर÷बायोएनटेक लगायतका कम्पनीले एमआरएनए प्रविधिमा आधारित खोप बनाएका थिए । कोरोनाविरुद्धको खोपले लाखौँ मानिसको ज्यान जोगाउन सफल भएको समेत नोबेल कमिटीले जनाएको छ ।

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार भोलि अर्थात् अक्टोबर ३, रसायन शास्त्रतर्फको अक्टोबर ४, साहित्यतर्फ अक्टोबर ५, शान्तिका लागि अक्टोबर ६ र अर्थशास्त्रका लागि अक्टोबर ९ मा विजेता घोषणा गर्ने नोबेल कमिटीले जनाएको छ ।

Related posts

वीरगन्जमा विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती, अनुगमन गर्ने निकाय मुकदर्शक

MadhesKhabar

विश्व अण्डा दिवसको अवसरमा नारायणी अस्पतालका बिरामी र कुरुवाहरुलाई अण्डा वितरण

MadhesKhabar

वीरगन्जमा गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेकाे शिविरबाट ८०० बालबालिका लाभान्वित

MadhesKhabar

Leave a Comment