Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जमा विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती, अनुगमन गर्ने निकाय मुकदर्शक

 

वीरगन्ज,१६जेष्ठः वीरगन्जको बजारमा मानव स्वास्थ्यका लागि हानी गर्ने विषादी कार्बाइट प्रयोग गरेर पकाइएका आँप बिक्री वितरण भइरहेको छ ।

बगैंचामा फलेका आँप असारको तेस्रो साता पछि मात्रै पाक्न सुरु भइ खान योग्य हुने भएपनि , वीरगन्जको बजारमा अहिले कर्वाइट नामक विषादी हालेर पकाइएका आँप छ्याप छ्याप्ती बिक्री वितरण भइरहेको हो । वीरगन्जका साथै पोखरीया , बाराको कलैया , जितपुर , सीमराका बजारहरुमा समेत कर्वाइट हालेर पकाइएका आँप बिक्री वितरण भइरहेको हो ।

यो सिजनको शुरुमा भारतबाट आँप ल्याएर बिक्री गरेका वीरगन्जका व्यपारीहरुले दुइ साता यता भने पुर्वका जिल्लाबाट पनि काँचो आँप ल्याएर गोदाममा राखी कार्बाइट हालेर पकाएर बजारमा बिक्री गरिररहेका हुन् । व्यापारीहरूले प्रतिकेजी ४०÷५० रुपैयाँका दरले काँचो आँप किनेर कार्बाइट प्रयोग गरेर १ सय २० देखि १ सय ८० रुपैयाँ सम्ममा बिक्री गरिरहेका छन् ।

वीरगन्ज तरकारी तथा फलफुल व्यवसायी संघका एक पदाधिकारीका अनुसार , सिजनको सुरुमा वीरगन्ज र यस आसपासाका बजारहरुमा भारतको गोवा , मद्रास , केरला , आन्ध्र प्रदेशबाट आपको आयात हुने गरेको छ । असार पहिलो साता पछि भने तराइका पुर्वका जिल्लामा फलेका आप वीरगन्जको बजारमा आउने गरेको गुप्ताले बताए ।

कृषि ज्ञान केन्द्र पर्साको बागवानी शाखाका पुर्व प्राविधीक श्याम किशोर कुर्मीका अनुसार , भारतबाट चैत देखि नै आँप ल्याएर बिक्री गर्ने क्रम सुरु भइसक्छ । कुर्मीले नेपालमा उत्पादित आँप असार तेस्रो साताबाट मात्र खानयोग्य हुने गरेको बताए । अहिले बजारमा पाइने आँप , छिटो पकाउन कर्वाइट विषाधि प्रयोग गर्ने गरिएकाले ती आप नखाँदा नै उपयुक्त हुने सुझाव उनको छ ।

विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, रिंगटा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने, स्मरणशक्ति कमजोर हुने, स्वास प्रश्वासमा समस्या हुने र झाडापखला लगायतका रोग देखा पर्ने नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए ।

प्रचलित खाद्य ऐन २०२३ ले कृत्रिम रसायन कार्बाइट प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ ।खाद्य ऐन अनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई १० हजार देखि २५ हजार रुपैया सम्म जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ । तर व्यपारीहरुले कार्बाइट विषादी राखेर पकाएका आप खुलेआम रुपमा बिक्री गरिरहदा पनि स्थानीय प्रशासन भने मौन बसेको छ ।

Related posts

पर्साको पकहाँ मैनपुर गाँउपालिका कमिटी अध्यक्ष अकलेश साहसहतिका नेताहरुले छाडे एमाले

MadhesKhabar

बारा २ : उपेन्द्र यादवकाे अग्रता निरन्तर बढ्दै

MadhesKhabar

बारामा जारी मतगणनामा जसपालाई उछिन्दै जनमत पार्टिको अग्रता

MadhesKhabar

Leave a Comment