Madhes Khabar
स्वास्थ्य

विश्व अण्डा दिवसको अवसरमा नारायणी अस्पतालका बिरामी र कुरुवाहरुलाई अण्डा वितरण

वीरगन्ज,२४असोजः२९ औं विश्व अण्डा दिवसको अवसरमा वीरगन्जको नारायणी अस्पतालमा उपचाररत बिरामी र उनिहरुका कुरुवालाई अण्डा वितरण गरिएकोछ ।

वीरगन्ज उद्योग वाणिज्य संघको समन्वयमा शिवम लेयर्स फार्म प्रा.लि.ले नारायणी अस्पतालमा उपचाररत बिरामी र कुरुवाहरु गरी ३ सय ५० जनालाई अण्डा वितरण गरिएको हो ।

विश्व अण्डा दिवसको अवसरमा समुदायमा स्वस्थ आहारका रुपमा अण्डाको महत्वबारे जनचेतना जगाउने उदेश्यले बिरामी र कुरुवाहरुलाई अण्डा वितरण गरिएको शिवम लेयर्स फार्मका सञ्चालक शिवजी प्रसाद कलवारले बताए । अण्डा प्रोटिनको उत्कृष्ट स्रोत भएकोले यसको सेवनले शरीरलाई सन्तुलित पोषण प्रदान गर्ने उनले बताए ।

वीरगन्ज उद्योग वाण्ज्यि संघका अध्यक्ष हरि गौतमले यस्तो सामाजिक उत्तरदायित्वमा उद्योग व्यवसायीहरू सक्रिय रुपमा सहभागी हुनु सराहनीय रहेको उल्लेख गर्दै, यसले उद्योग समुदायको समाजप्रति उत्तरदायित्व दर्शाउने बताए।

अण्डा वितरण कार्यक्रममा संघ सहकोषाध्यक्ष निरज अग्रवाल, सहसचिव नरेश टिबडेवाल, कार्यसमिति सदस्य अजय प्रजापती, अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार तथा सामाजिक अभियन्ताहरुको पनि उपस्थिती रहेको थियो ।

 

Related posts

वीरगन्जको दशैं मेलामा निशुल्क स्वास्थ्य शीवीर सन्चालन

MadhesKhabar

साउन महिनामा कस्तो खाना उपयुक्त ?

MadhesKhabar

वीरगन्ज महानगरले आफ्नै ल्याबबाट सुरु गर्‍यो खानेपानीको परीक्षण

MadhesKhabar

Leave a Comment