Madhes Khabar
स्वास्थ्य

वीरगन्जको दशैं मेलामा निशुल्क स्वास्थ्य शीवीर सन्चालन

मधेसखबर
वीरगन्ज,१६ असोज : वीरगन्जमा लागेको दशैं मेलामा दुइ दिने निशुल्क स्वास्थ्य शीवीर सन्चालन गरिएको छ ।प्रभु हस्पिटल र वीरगन्ज सामुदायिक आँखा सेवा केन्द्रको सहकार्य र रुङ्गटा वेल फेयर सोसाइटीको सहयोगमा ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले निशुल्क स्वास्थ्य शीवीर आयोजना गरेको हो ।
मेलामा आएका दर्शनार्थी र भक्तजनहरुलाइ लक्षित गरि आइतबार देखि निशुल्क स्वास्थ्य शीवीर आयोजना गरिएको हो ।
शीवीरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर लक्ष्मी थापा र वरिष्ठ सर्जन डाक्टर मनोज गुप्ताले स्वास्थ्य परिक्षण गरिरहेको शीवीर सोमबार सम्म चल्नेछ ।निशुल्क स्वास्थ्य शीवीरमा आएकाहरुलाइ औषधि पनि वितरण गरिएको सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।

खेतानकै अध्यक्षतामा आयोजित शीवीरको उद्घाटन कार्यक्रममा रुङ्गटा वेलफेयर सोसाइटीका सुरेश रुङ्गटा, युवा अभियन्ता दिलिपराज कार्की,बिरगन्ज सामुदायिक आँखा सेवा केन्द्रका संयोजक महेश सिंह धामी, प्रहरी निरिक्षक विशाल मल्ल,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका लगायतको उपस्थिति थियो ।

Related posts

सुरक्षित गर्भपतनलाई स्वास्थ्य अधिकारको रूपमा स्थापित गर्न वीरगन्जका सराेकारवालाहरुकाे जोड

MadhesKhabar

नरदेवी आयुर्वेद चिकित्सालयमा स्वास्थ्यमन्त्री यादवको आकस्मिक अनुगमन

MadhesKhabar

पर्सामा ५ देखि ११ बर्ष का बालबालिकालाई असार ९ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने

MadhesKhabar

Leave a Comment