Madhes Khabar
स्वास्थ्य

पर्सामा ५ देखि ११ बर्ष का बालबालिकालाई असार ९ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने

मधेसखबर
वीरगन्ज,०७असार: पर्सा जिल्लाका
५ देखि ११ बर्ष सम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने अभियान यहि असार ९ गतेदेखि सन्चालन हुने भएको छ।
स्वास्थ्य कार्यालय पर्साले जिल्लाभरका उक्त उमेर समुहका बालबालिकाको लागि फाइजर खोप लगाउने जनाएको हो ।
१४ वटै पालिकाका सामुदायिक विद्यालयमा खोप केन्द्र स्थापना गरि असार ९ गते देखि १५ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।
यो अभियानमा जिल्लाका १ लाख १ हजार ७५ जना बालबालिकालाई खोप लगाउने लछ्य रहेको ठाकुरले बताए।
खोप लगाउनका लागि ४०२ जना स्वास्थ्यकर्मी खटाइने उनले बताए।
त्यसका लागि स्वास्थ्य कार्यालय पर्साले स्वास्थ्यकर्मीहरुलाइ अभिमुखीकरण तालिम पनि दिएको छ।
वीरगन्जको ओम पार्टी प्यालेसमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवल किशोर साहले फाइजर खोपको प्रभावकारीता ९१ प्रतिशत रहेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाइ आग्रह गरे।
उनले यो अभियानमा ५देखि ११ बर्ष सम्मका उमेर समुहका कोहि पनि बालबालिकालाइ नछुटाउन आग्रह पनि गरे।

Related posts

उपमेयर आलमको पहलमा नारायणी अस्पतालमा खानेपानी मेसिन जडान

MadhesKhabar

१ सय ३१ वर्षको यात्रा पुरा गरेको नारायणी अस्पतालले दिनहुँ दिन्छ १३ सय बढी बिरामीलाई सेवा

MadhesKhabar

भाेलि नारायणीसहित देशभरका अस्पतालमा ईमर्जेन्सी बाहेक सेवा ठप्प पार्ने डाक्टरकाे घाेषणा

MadhesKhabar

Leave a Comment