Madhes Khabar
अन्तर्राष्ट्रिय

तेश्रो पटक प्रधानमन्त्रीको शपथ लिएपछि मोदीको पहिलो निर्णय : किसानलाई २० हजार करोड दिने

काठमाडौं,२८जेष्ठःआइतबार बेलुकी तेश्रो पटक प्रधानमन्त्रीको सपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहानदेखि आफ्नो तेस्रो कार्यकाल सम्हालेका छन् ।

दिल्लीस्थित साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले आफ्नो तेस्रो कार्यकालको सुरुवातमा किसानका लागि दिने किसान निधी अन्तर्गतको रकम दिने निर्णयमा हस्ताक्षर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मोदीले किसान निधिको २० हजार करोड रुपैयाँ भारतका ९ करोड ३० लाख किसानलाई वितरण गर्ने निर्णय गरेका हुन् । मोदी सरकारको तेस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठक पनि सोमबार नै बस्दैछ ।

सरकारले मन्त्रिपरिषद् बैठकमा पनि केही ठूला निर्णय गर्न सक्ने विश्वास गरिएको छ । सरकारले मन्त्रिपरिषद् बैठकअघि सबै मन्त्रीलाई मन्त्रालय बाँडफाँड गर्ने बताइएको छ ।आइतबार मोदीसहित ३० क्याबिनेट मन्त्री र ४१ राज्यमन्त्रीसहित ७२ जनाले शपथ लिएका थिए ।साभार ः खबरहब

Related posts

उसिना चामलकाे निर्यातमा भारतले लगायो २० प्रतिशत कर

MadhesKhabar

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहकाे निधन

MadhesKhabar

पहलगाममा आक्रमण गर्ने आतंककारीबारे सूचना दिनेलाई २० लाख भारु पुरस्कार

MadhesKhabar

Leave a Comment