Madhes Khabar
धर्म/संस्कृति विचार

बैशाखी, खालसा पंथ तथा नयाँ वर्ष !

जसपाल सिंह, श्रीपुर, वीरगन्ज

बैशाख १ गतेलाई हामीले नयाँ वर्षको रुपमा धुमधामसाथ मनाउने गर्छौ । यस अवसरमा सरकारद्वारा सार्बजनिक बिदापनि दिने गरिन्छ ।प्रत्येक क्षेत्रका व्यक्तिले आफ्नो हैसियत अनुसार मिठामिठा खाने कुराहरु खाने तथा नयाँ लुगा लगाई भविष्यका राम्रा कल्पनाहरु साकार गर्ने विश्वासका साथ, एक आपसमा नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने गर्दछन् ।यस दिन हामीहरु खुशीसाथ सबैको भलाई तथा सफलताको कामना गर्ने गर्दछौ । कृषिको दृष्टिकोणले पनि यो महत्वपुर्ण हुने गर्दछ ।किनभने गहु, जौ, आलस, रहर र अन्य खेती बालीहरु पनि भित्रयाउने े समय हुन्छ ।भारतको उत्तर तिर पर्ने राज्य पंजाब कृषि, उधोग, मेहनत, बहादुरी, खान पिन तथा समृद्ध संस्कृतिको लागी विख्यात छ ।

सिख पंथले वैशाख १ गतेका दिनलाई (१३ अप्रैल अंग्रेजी) “बैशाखी” भन्ने गर्दछन् र भव्यताका साथ मनाउने गर्दछन् ।संवत १७५६ बैशाख (१६९९ इस्वी) आन्दपुर साहेब पंजाबमा सिख पंथका दशम गुरु श्री गुरु गोबिन्द सिहंज्यु ले सिख पंंथलाई नयाँ रुप दिनु भयो । खालसा पंथ अर्थात ( मिसावट रहित, शुद्ध, मन वचन हुने सिखको रुप दिनु भयो) त्यस दिन ठुलो चौरमा हजारौंको संख्यामा सिखहरुको उपस्थिति थियो । दशमेश पिता गुरु गोबिन्द रायज्युले आफ्नो शिष्यहरुको परिक्षा लिनको लागि आफ्नो एउटा हाथमा कृपाण (तरबार) लिइकन हुकुम गर्नु भयो– मलाई एक सिखको सिर (टाउको) चाहियो । जसले आफ्नो शीर (टाउको) भेट दिनुछ त्यो अगाडि आउ ।

उक्त गर्जनयुक्त वचन सुनेर सबैको मुटु काम्न थाल्यो । केहि व्यक्तिहरु डरले उठेर बाहिरपनि जान थाले । जब तीन पल्ट गुरु जी ले दोह्रयाउनु भयो । तब भीडबाट एक जना भाई दयारामजी लाहौर (हाल पाकिस्तान) को निवासीले आफ्नो सिर भेटको लागि हाजिर गर्नुभयो । गुरुज्युले उहाँको हात समातेर भित्र पालमा लानु भयो र एकलै फिर्ता आउनु भयो ।फेरी एउटा सिर चाहियो भन्दा फेरी एक जना भाई धर्मदासजी हस्तीनापुर (भारत) को जाट थर भएका उठेर हाजिर हुनुभयो । उहाँलाई पनि गुरुजीले पाल भित्र लानु भयो र एकलै फिर्ता आउनु भयो । जब तेश्रो पल्ट फेरी एउटा सिर माग्नु भयोे त्यती बेला भाई मोहकम चंन्दजी गुजरात निवासी हाजीर हुनु भयो। चौथो पल्ट फेरि गुरुजी ले सिर माग्दा भाई साहेब चन्दजी विदर कर्नाटक निवासी हाजीर हुनु भयो । पाँचौ पल्ट भाई हिम्मत मलजी जगरनाथपुरी (उडीसा) निवासी हाजीर हुनु भयो । उनीहरु पाँचै जनालाई एक–एक गरी भित्र लगेको केही समयपछि गुरुजीले पालबाट पाँचै जनालाई नयाँ वस्त्र तथा शस्त्रमा सजाएर बाहिर ल्याउनु भयो ।सबै सिख समुदाय उनीहरुलाई नयाँ रुपमा देखेर दगं परे । सति गुरुजीले पाँचै जनालाई आफुसंग मंचमा राखेर सबै सिख सगंतलाई संम्बोधित गरेर भन्नु भयो –यी मेरा पाँच प्यारा हुन जसले मलाई आफ्नो जीवन दिनु भयो ।

पंच परवाण पंच परधानु पंचे पावहि दरगाहि मांनु । अर्थात यिनीहरु पंथमा प्रधान तथा प्रभुको द्वारमि सम्मानीत हुनेछन् । त्यस उपरान्त अमृतको दाता साहेब श्री गुरु गोबिन्द सिहंजी ले फलामको ठुलो कचौरामा जल तथा बतासा (चिनीको मिठाई) हालेर बायाँ हाथले खन्डाले (दुवै तिर धार भएको सानो तरबार सिखहरुको मुख्य हतियार मध्य एक) ले घोटेर मुख बाट पाँचवाणीको पाठ (प्रत्येक सिखले गर्नु पर्ने प्रभुको यश गायन स्तुति दैनिक पाठ) गरी रहनु भयो पाठ समाप्ति पछि गुरुजीले यी पाँचै जनालाई एक–एक गरी अमृत (जल) पाँच थोपा खुआउनु भयो पाँच थोपा कपाल (केश) मा छर्किनु भयो ।पाँच थोपा आँखाहरुमा छर्किनु भयो । प्रत्येक थोपाहरुको साथमा वाहिगुरु जी का खालसा ।। वाहिगुरु जी की फतेह ।। अर्थात प्रभुको हामी सन्तान, प्रभुको सधैं जीत होस । सिहंनाथ गर्नुभयो तथा गराउनु भयो ।

अमृत को मर्यादा संम्पन्न गरेर गुरुजी ले सबै सगंत (समुदायलाई) आजबाट उहाँहरुको नाम पछाडि सिंह राखि दिनु भयो ।
१.भाई दयाराम, दया सिंह, २ं.भाई धर्मदास धर्म सिंह,३.भाई मोहकम चन्द मोहकम सिंह,४.भाई हिम्मत मल हिम्मत सिंंह,५. भाई सहिब चन्द साहिब सिंह

आजबाट अमृत धारी सिखको नाम पछाडी सिंह (राजा) र महिलाको नामको पछाडी कौर रानी (राजकुमारी) हुनेछ– उहाँले भन्नुभयो । त्यस पश्चात गुरुजीले पाँच प्यारेलाई सम्बोधन गरेर भन्नु भयो–अमृतधारी सिखको पाँच कक्कार क बाट आउने वस्तुहरु चिन्ह हुनेछ । केश, काइयो, कृपाण (तरबार) कडा (हाथमा लगाउने बाला) कच्छेहरा (ठुलो कटु) हुनेछ ।

उपरान्त गुरुजीले आफनो पाँच प्यारे लाई संबोधित गरेर भन्नुभयो –खालसाजी अमृत तयार गरेर मलाई पनि, त्यस्तै विधीले अमृतपान गराउनु होस जसरी मैले तपाईहरु लाई गराए तथा मलाई पनि गोबिन्द रायबाट गोबिन्द सिहं हुने मान प्रदान गर्नुहोस् ।यो सुनेर भाई दया सिंह लगायत पाँच प्यारे अकमक परे ।तर गुरुजीबाट निश्चयपूर्वक आज्ञा सुनेर गुरु गोबिन्द सिंहजीलाई पनि सोही विधी अनुसार अमृतपान गराएर गोबिन्द रायबाट गोबिन्द सिंह बनाउनु भयो (गुरु गोबिन्द सिंहज्यु को नाम पहिले गोबिन्द राय थियो) ।

अर्थात यसरी तेस्रो पन्थका रचयिता सुरवीर वाहवाह गोबिन्द सिंह आफै गुरु अनि आफै चेला भए, पहिले गुरु भएर चेलाहरुलाई अमृतपान गराउनु भयो अनि पछि आफ्नै चेलाहरु बाट चेला हुनु भयो ।

उपरोक्त पाँच जना भारतका बिभिन्न प्रान्त राज्य तथा विभिन्न जातिका थिए यस प्रकार सिख समुदायमा जाति पातिको भेदभाव प्रथम गुरु श्री गुरु नानक देवजीको पाला देखिनै हटाउँदै गइरहेका थिए भन्ने कुराको यो ठुलो प्रमाण थियो ।

यस प्रकार सिख समुदायमा खालसा पंथको रचना गरी विभिन्न गुण विशेषता ले परिपुर्ण गरे पछि गुरुजीले हुकुम गर्नु भयो कि अन्य समुदायका व्यक्तिहरु ले जस्तै एक अर्कालाई भेटदा आदान प्रदान गर्ने शुभकामना संकेत भन्छन् । त्यसै गरी खालसा (सिखहरुले) आपसमा भेटदा–

वाहेगुरु जी का खालसा ।। वाहेगुरु जी की फतेह ।। विजयी शुभकामना संकेत वोलाउनु पर्नेछ ।

अमृत बेलामा उठनु पर्ने, शौच आदि गर्ने गुरवाणीको नितनेम (नियमित पाठ) गर्ने साँझमा रहिरास साहेव तथा रात्रीमा किर्तन सोहिला साहेबको पाठ गर्ने । प्रभुको नाम सिम्रन (स्मरण) गर्नाले मानीसको सबै दुःख पाप नास हुन्छ ।
आफनो कर्म राम्ररी गर्नुपर्छ । पाप, झुठ, पाखन्ड बाट सधै टाढा बस्ने मेहनत ले आफ्नो कार्य गर्ने र जीवीका चलाउने कसैलाई दुःख, ठेस नपुर्याउने ,दीन दुःखियालाई सहयोग गर्ने, बिरामीहरुलाई उपचारमा सहयोग गर्न जातपातलाई नमान्ने । आफनो मेहनतको कमाई बाट दशवन्ध दश प्रतिशत धर्म तथा समाजको काममा गरीब आवश्यकता भएकाहरु लाई भोजन तथा बिभिन्न सहयोग गर्ने गराउने ।

उपरोक्त सबै खाले मानवीय गुणले परिपूर्ण गरी दशम गुरु श्री गुरु गोबिन्द सिंह जीले १६९९ बैशाखको दिन आनन्दपुर साहेब पंजाबमा खालसा पंथको जग राखेर यस सिख पंथलाई खालसा बनाएर विश्वभरीको मानवता लाई ठुलो गुण लगाएको ले यस दिनलाई नयाँ वर्ष साथै खालसाको जन्म दिवस को रुपमा विश्वभरीका सिख समुदायले धुमधाम का साथ मनाउने गर्दछन् ।

यो समुदायको एक ठूलो चाड मध्ये पर्छ.। यस चाडमा गुरुद्वारा साहेबमा ४८ घण्टे अखण्ड पाठ साहेब राखिन्छ वाचन गरिन्छ। ३ दिन गुरुजी को अटुट लंगर प्रसाद(निशुल्क भोजन) वितरण गरिन्छ। नयाँ वर्ष २०८१ को सबैमा हार्दिक मङ्गलमय शुभकामना। सबैको सु–स्वास्थ्य, प्रसन्नता, सुख शान्ति, समृद्धि तथा आन्नदमय जीवनको लागि प्रार्थना।

सेवकः– जसपाल सिंह, श्रीपुर, वीरगन्ज

Related posts

जिउतिया पर्वमा पकहाँ मैनपुर गाँउपालिकाका सरकारी विद्यालयमा विदा

MadhesKhabar

वीरगन्जकाे घडीअर्वा पाेखरी छठघाटमा चैती छठकाे राैनक (फाेटाे फिचर)

MadhesKhabar

वीरगन्जको पशुपतिनाथ मन्दिरमा सोमबार तीन धामका पुजारी बोलाएर महाआरती हुदै

MadhesKhabar

Leave a Comment