Madhes Khabar
धर्म/संस्कृति

हिन्दु युवककाे हत्याप्रति मुस्लिम समाज पर्साकाे निन्दा,नेपालमा धार्मिक सद्भाव बिगार्नेमाथि निगरानी गर्न माग

वीरगन्ज,५पुस:नेपाल मुस्लिम समाज संघ पर्साले बंगलादेशमा हिन्दु युवककाे निर्मम हत्या गरिएको घटनाकाे निन्दा गरेकाे छ।संघ पर्साका अध्यक्ष महबुब अलि (शेरु) ले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै उक्त घटनाकाे निन्दा गर्दै नेपाल सरकारकाे तर्फबाट पनि उक्त घटनाकाे ओैपचारिक निन्दा र चिन्ता प्रकट गर्न माग गरेका छन्।

 

नेपाल मुस्लिम समाज संघ पर्साले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ- हालै बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायका एक निर्दोष युवकको निर्मम हत्या भएको घटनाले हामी सबैलाई गहिरो पीडा र चिन्तामा पारेको छ । यस प्रकारका अमानवीय, घृणाजन्य तथा हिंसात्मक घटनाहरूले मानवता, सहअस्तित्व र धार्मिक सहिष्णुतामाथि गम्भीर प्रहार गर्दछ ।नेपाल मुस्लिम समाज संघ, पर्सा, उक्त हिंसात्मक घटनाको घोर भर्त्सना गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । विश्वभरी बहुसंख्यक र अल्पसंख्यक बीच भाइचारा, माया, स्नेह तथा पारस्परिक सम्बन्ध कायम गर्नु पर्छ । धर्म, जाति वा समुदायको आधारमा गरिने कुनै पनि प्रकारको हिंसा सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन भन्ने हाम्रो दृढ धारणा छ ।नेपाल सधैँ देखि धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको उदाहरण रहँदै आएको देश हो । यस्तो अवस्थामा छिमेकी मुलुकमा अल्पसंख्यक समुदायमाथि भइरहेका हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्नुका साथै, नेपालभित्र पनि सबै समुदायबीच सद्भाव कायम राख्न राज्यका सबै निकायहरू सचेत र सक्रिय रहनु अत्यन्त आवश्यक देखिन्छ ।

 

यस सन्दर्भमा, हामी सम्बन्धित निकाय समक्ष निम्न मागहरू राख्न चाहन्छौं:

१. बंगलादेशमा भएको उक्त घटनाप्रति नेपाल सरकारको तर्फबाट औपचारिक चिन्ता र निन्दा प्रकट गर्न पहल गरियोस् ।

२. नेपालभित्र रहेका सम्पूर्ण धार्मिक तथा अल्पसंख्यक समुदायको सुरक्षा, अधिकार र सम्मान सुनिश्चित गर्न प्रशासनिक सतर्कता अझ सुदृढ बनाइयोस् ।

३. समाजमा धार्मिक सद्भाव बिगार्ने कुनै पनि गतिविधि, अफवाह वा घृणाजन्य अभिव्यक्तिमाथि कडाइका साथ निगरानी गरियोस् ।

४. अन्तरधार्मिक सहअस्तित्व, शान्ति र भाइचाराको सन्देश प्रवाह गर्न स्थानीय स्तरमा समन्वयकारी भूमिका निर्वाह गरियोस् ।

Related posts

मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन विजयादशमीले प्रेरित गर्न सकोस् : उपराष्ट्रपति यादव

MadhesKhabar

धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहा नगरे अन्दोलन गर्ने साधुसन्तहरुको चेतावनी

MadhesKhabar

वीरगन्जमा श्रीराम उत्सवमा निकालियाे भब्य शाेभा यात्रा,`हिन्दु राष्ट्र कायम गर´ काे लाग्याे नारा

MadhesKhabar

Leave a Comment