Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा श्रीराम उत्सवमा निकालियाे भब्य शाेभा यात्रा,`हिन्दु राष्ट्र कायम गर´ काे लाग्याे नारा

वीरगन्ज,२७पुस:भारतकाे अयोध्यामा राम मन्दिर निर्माण र भगवान् श्रीराम लालाको प्राण प्रतिष्ठाको वार्षिकोत्सवको उपलक्ष्यमा वीरगन्जमा शनिबार भब्य शाेभा यात्रा निकालिएको छ।

नेपाल जनता पार्टी पर्साकाे आयाेजनामा बाजागाजा र झाँकीसहित शाेभा यात्रा निकालिएको हाे। श्रीराम जन्मभूमि अयोध्या मन्दिर श्री रामलालको प्राण प्रतिष्ठानको शुभ गत वर्ष पौष शुक्लपक्ष द्वादशी तिथिको दिन नै अयाेध्यामा राम मन्दिरकाे उद्घाटन तथा भगवान् श्रीरामको प्राण प्रतिष्ठा गरिएको एक वर्ष पूरा भएको पावन दिनमा शनिबार वीरगन्जमा शोभा यात्रा निकालिएको हाे।

जिल्ला प्रहरी कार्यालय पर्सा अगाड़ीकाे लालबंगला परिसरबाट सुरु भएकाे शाेभा यात्रा घण्टाघर,माईस्थान आदर्शनगर चाेक,अलखिया मठ चाेक, घडिअर्वा हुँदै पुन लालबंगला परिसरमा पुगेर समापन भएको थीयो।

शोभा यात्रामा नेपाल जनता पार्टीका बरिष्ठ नेता संतोषानन्द महाराज,केन्द्रीय उपाध्यक्ष ओमप्रकाश जयसवाल, केन्द्रीय सदस्यहरु सुरेश साह कानु,विनोद कुर्मी, पारस दुबेदी, प्रहलाद साह कलवार, गोपाल दास, मधेश प्रदेश अध्यक्ष शत्रुघन साह,पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाक्ष्यक्ष धीरज साह कानु,महामन्त्री नवीन मिश्रा लगायतकाकाे सहभागिता थियाे।

शाेभा यात्रामा सहभागीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गर, हिन्दु हिन्दुभाई भाई, ॐ कार परिवार एक होऔं,धर्म-निरपेक्षता ख़ारेज घर, धर्म परिवर्तन गराउने लाई कारवाही गर लगायतका नारापनि लगाएका थिए।

Related posts

कांग्रेस नेता अमात्य, मन्सुरसहित ७ नेताकाे नाम मधेसबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार सिफारिस

MadhesKhabar

ठाेरीका मतदाता भन्छन् : यसपालिकाे हाम्राे राेजाइ रमेश रिजाल हुन्

MadhesKhabar

वीरगन्जमा सुरु भयो दशहरा मेला (तस्बीरमा हेर्नुहोस् )

MadhesKhabar

Leave a Comment