वीरगन्ज,८बैशाखःजनमत पार्टीले आगामी आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेटमा पर्सा जिल्लाका विभिन्न योजनाहरु समावेश गर्न माग गर्दै संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।
जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ नेतृत्वको टोलीले सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत अर्थमन्त्री पौडेललाई ८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
उक्त ज्ञापन पत्रमा जनमत पार्टीले वीरगन्जको अलपत्र नारायणी रंगशलाको पुर्ननिर्माण,नारायणी अस्पतालको भौतिक पूर्वाधार विस्तार,सिर्सिया नदीको संरक्षण र कोरिडोरका रुपमा विकास,वीरगन्ज कृषि औजार सञ्चालनलाई विशेष प्राथमिकतामा रहेका आवश्यक बजेट विनियोजन गर्न माग गरेको छ ।
यस्तै ठोरीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न, जनता सडक निर्माण , किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन,सिंचाईका लागि विशेष कार्यक्रम ल्याउनका लागि आवश्यक बजेट विनियोजन गर्नपनि जनमत पार्टीले माग गरेको छ ।
ज्ञापन पत्र बुझाउन गएको टोलीलमा जनमत पार्टीका जिल्ला अध्यक्ष सर्राफसंगै केन्द्रिय सदस्यहरु विद्यालाल प्रसाद, रम्भा मिश्रा, नजमा खातुन,नेताहरु महादेव शर्मा, बृजेश्वरप्रसाद चौधरी, सन्जय सिंह, अञ्जना गुप्ता, राजुराज गिरी, लोकेश कर्ण, सन्जय सरार्फ, कृष्ण कुशवाहा, मनोज साह, अभिषेक झा, आजाद अन्सारी, धिरेन्द्र पञ्जियार, सिकेन्द्र राम, हिरालाल राम, भुवन गिरी लगायतकाकोपनि सहभागिता थियो ।

