Madhes Khabar
स्थानिय हेडलाइन

वर्षौदेखि रोकिएका योजना तत्काल अगाडि बढाउन मेयर सिंहको निर्देशन

मधेसखबर
वीरगन्ज ,२६ मंसिर :वीरगन्ज महानगरपालपकाका मेयर राजेशमान सिंहले महानगर क्षेत्रभित्रका विभिन्न निकाय र कार्यालयद्वारा लगाईएका ठेक्काहरुका योजनाको निर्माण कार्य तत्काल सुचारु गर्न निर्देशन दिएका छन् ।

साेमबार महानगरपालिकाे कार्यालयमा सघन शहरी विकास आयोजना, सिचाई विकास डिभिजन, नारायणी सिँचाई व्यवस्थापन कार्यालय, स्वच्छन्द, युनाईटेड, विकास एण्ड ब्रदर्स र पप्पु कन्सट्रक्सनका प्रतिनिधि, वडा अध्यक्षहरु तथा महानगरका प्राविधिकहरु सहभागि भएको बैठकमा प्रमुख सिंहले यस्तो निर्देशन दिएका हुन् । ठेक्का सकार गरेर वर्षौसम्म काम नगर्ने परिपाटी अब महानगरमा चल्दैन भन्दै सिंहले भने, काम शुरु गरेपछि समयमै सम्पन्न हुनुपर्छ, ठेकेदारले ठेक्का सकार गर्ने र मोबीलाईजेशन बापतको रकम भुक्तानी लिएपछि वर्षौसम्म काम नगर्ने परिपाटीले नागरिकले दुख पाउँदै आएका छन्, एक महिना भित्रमा ठेकेदारले सन्तोषजनक कार्य प्रगति नदेखाएमा कानुन बमोजिम कारवाहि गरिन्छ ।

खासगरी पप्पु कन्सट्रक्सनले धेरै ठेक्काहरुमा जनतालाई दुख दिएको भन्दै मेयर सिंहले अब पनि पप्पुले आफ्नो जिम्मेवारी पुरा नगरे नगरवासीलाई लिएर उनको घर घेर्ने चेतावनी पनि दिए ।

महानगर क्षेत्रभित्र भौतिक योजना निर्माणको काम गर्नुपर्दा महानगरसँग समन्वय र पुर्व स्वीकृती लिएर मात्र योजना अगाडि बढाउन पनि सिंहले निर्देशन दिए ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, सघन शहरी विकास आयोजनाका प्रमुख झपट बहादुर थापा, सिचाई विकास डिभिजन वीरगंजका प्रमुख श्याम किशोर साफी, नारायणी सिचाई व्यवस्थापन कार्यालय वीरगंजका प्रतिनिधि अखलाक सिद्दिकी, पप्पु कन्सट्रक्सनका प्रतिनिधि बिजसवा अब्राहम, वडा अध्यक्ष रामकिशोर सिंह पराग, पुर्वाधार महाशाखा प्रमुख राजेश चौरसिया , भरत थापा लगाएतको सहभागिता थियो ।

Related posts

बारामा गाेली हानी हत्या गरिएका युवककाे पहिचान खुल्याे

MadhesKhabar

वीरगन्ज महानगरको १९ औं नगर अधिवेशन : वडाहरुको बजेट कटौती नहुने

MadhesKhabar

केही सहकारी संस्था भागेको हल्लाको प्रभाव वीरगञ्जको सहकारीमा पनि

MadhesKhabar

Leave a Comment