Madhes Khabar
स्थानिय

बारामा गाेली हानी हत्या गरिएका युवककाे पहिचान खुल्याे

वीरगन्ज,१०असाेज: बाराको पचरौता नगरपालिका ६ मा मंगलकार साँझ गाेली हानी हत्या गरिएका युवकको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृतक युवक भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना अन्तर्गत परणने सुक्लहिया गाँउका निवासी २२ वर्षीय अजित कुमार सिंह हुन् ।

पचरौता नगरपालिका ६ लक्ष्मिनियास्थित पोखरी नजिक शव फेला परेको सिंहको गोली हानेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मंगलबार साँझ ६ बजेतिर दुई वटा मोटरसाइकलमा आएको अज्ञात समूहले सिंहमाथि गोली प्रहार गरेर भारत तर्फ भागेको प्रहरीको भनाई छ । घटनास्थलबाट प्रहरीले एक थान गोली समेत बरामद गरेको छ ।

सिंहमाथि उनका एक जना साथीले नै गोली चलाएको हुनसक्ने प्रहरीको आशंका छ । उनको शव हाल पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

यसअघि सोमबार पचरौता नगरपालिकाकै – १ मा पर्ने नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सशस्त्र प्रहरीका एक पूर्व सशस्त्र प्रहरी जवानको शव फेला परेको थियो । प्रहरीले उनको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिइसकेको छ ।

Related posts

बारामा धमाधम पक्राउ पर्दै मिटरब्याजीहरु

MadhesKhabar

वीरगन्जमा मधेस आन्दोलनका बेला भत्काइएकाे गिरिजा प्रसाद काेइरालाकाे शालिक फेरि अनावरण गरिने

MadhesKhabar

वीरगन्जमा चामल बाँडेको आरोपमा एक व्याक्ति नियन्त्रणमा

MadhesKhabar

Leave a Comment