Madhes Khabar
स्थानिय

पिकनिक मनाएर वीरगन्ज फर्कदै गरेकाे बस सिमरामा दुर्घटना, १ काे मृत्युु ,४० भन्दा बढी घाइते

वीरगन्ज,१२कार्तिक: चितवनकाे जलवीरे झरनामा पिकनिक मनाएर वीरगन्ज फर्कदै गरेकाे बस बाराको जीतपुर सिमरा उपमहानगर वडा नंबर २ स्थित सिमरा चोकमा दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ ।उक्त घटनामा ४० जना सामान्य र १० जना मध्यम घाइते भएका छन् ।घाइते मध्ये एक जनाकाे अवस्था गम्भीर छ ।

ना ७ ख ४७४९ नंबरकाे तारकेश्वर ट्राभल्सकाे बस शनिवार राती करिब ११ बजे अनियन्त्रित भई सिमरा चोकस्थित राष्ट्रिय वाणिज्य बैंक रहेकाे घरमा ठाेक्किएर दुर्घटना भएको हो ।घाइतेमध्ये अधिकांश वीरगन्जको गहवाका रहेकाे बताइएकाे छ।

दुर्घटनामा २५ वर्षिय युवककाे मृत्यु भएकाे तर उनकाे नाम  र ठेगाना भने नखुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनाका ११ जना घाइतेको पहिचान र अवस्था खुलेको छ। दुर्घटनामा कलैया उपमहानगरपालिका- २० का वीरबहादुर महतो, वीरगन्ज महानगरपालिका -८ का सुरज साह, सोही ठाँउकी प्रिया गुप्ता, मनिषा साह, सेजल गुरुङ, ललन चौरसिया, राजनकुमार गुप्ता, मोहन साह, कलैया- ६ का प्रसाद गुप्ता, अविनाश गुप्ता र जीतपुरसिमरा- २ का अनिष राई रहेका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी  दधिराम न्यौपानेले जानकारी दिए।

प्रवक्ता न्यौपानेका अनुसार मोटरसाइकललाई बचाउने क्रममा बस अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनालगत्तै प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए।

घाइतेहरूको हाल सिमराकाे अस्पताल र वीरगन्ज स्थित बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

बसका चालक फरार भएकाे बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

Related posts

पोखरियामा सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधी बिच अन्तरकृया सम्पन्न

MadhesKhabar

परवानीपुर गाउँपालिकाले ल्यायो ३४ करोड ६९ लाखको बजेट

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डसंग मेयर सिंहको आग्रह : सरकारले वीरगन्जको विकासका लागि बजेट दिनु पर्यो

MadhesKhabar

Leave a Comment