Madhes Khabar
स्थानिय हेडलाइन

मेयर सिंह भन्छन् : म पाँच वर्ष कुर्दिन, तीन वर्ष भित्रै गरेर देखाउँछु

मधेसखबर
वीरगन्ज, ५ चैत : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जनतामा भ्र्म फैलाउने खालको पत्रकारीता नगर्न सन्चारकर्मीहरुसंग आग्रह गरेका छन् ।वीरगन्ज महानगरको सहयोगमा नेपाल पत्रकार महासंघ पर्साले आयोजना गरेको तीन दिने पत्रकारीता तालिममा सहभागि सन्चारकर्मीहरुलाई आइतबार प्रमाणपत्र वितरण गर्दै मेयर सिंहले यस्तो आग्रह गरेका हुन् ।

उनले भने ,‘ गलतलाई सहि र सहिलाई गलत बनाएर समाचार लेख्ने प्रवृति पनि छ , यसले जनतालाई सत्यतथ्य सूचना भन्दा पनि भ्रमित पार्ने काम हुन्छ , यस्तो पत्रकारीता नगरिदनुस् भन्ने मेरो आग्रह छ ।

उनले समाजमा रहेका विकृति र सरकारी निकायका बेथिती उजगार गर्न पत्रकारको महत्वपूर्ण भूमीका रहने भएकाले कसैको दबाब र प्रभावमा नपरि पत्रकारीता गर्न आग्रह पनि गरे । मेयर सिंहले भने,‘ यदि महानगरमा पनि केहि गलत भएको पाउनु हुन्छ भने सिधा मलाई भन्नुहोला यदि मैले त्यसलाई सुधार गरिन भने निर्धक्क भएर त्यस विरुद्ध लेख्नुहोला ।

उनले आफु महानगरको मेयरमा निर्वाचित भएको ३ वर्ष भित्रमै वीरगन्ज महानगरलाई व्यवस्थित बनाउनने योजना र लक्ष्य लिएर काम गरिरहेको बताए ।

उनले भने,‘ म पाँच वर्ष कुर्दिन , तीन वर्ष भित्रै यो वीरगन्ज शहरलाई व्यवस्थित र अरुले पनि अनुकरण गर्ने गरि उदाहरणीय काम गरेर देखाउछु , त्यसका लागि आफु दिनरात नभनिकन लागि रहेको छु । त्यसको अनुभूती आफु निर्वाचत भएको एक वर्ष भित्रै अर्थात आगामी बैशाख भित्रमै यहाका जनताले गर्न पाउनने पनि उनले बताए ।

उनले वीरगन्ज सहित पर्सा जिल्लाभरकै पत्रकारहरुको सिप , दक्षता वृद्धिममा महानगरले आगामी दिनमा पनि पत्रकार महासंघ पर्सासंग सहकार्य गर्दै जाने पनि बताए ।नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रममा मेयर सिंहका प्रेस सल्लाहकार महेश दास , पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडड्का लागायतको पनि सहभागिता थियो ।

Related posts

कलैयाका क्याम्पस प्रमुख कुशवाहा हत्याको छानबिन माग गर्दै देशभरका क्याम्पस बन्द

MadhesKhabar

पर्यटन प्रबर्द्धनमा फड्काे मार्दै ठोरी :स्काइ वाक भ्यू टावर पनि सञ्चालन

MadhesKhabar

पर्साका सिंहासन सा कलवारसहित ५ सांसदकाे पद चैट

MadhesKhabar

Leave a Comment