Madhes Khabar
शिक्षा हेडलाइन

कलैयाका क्याम्पस प्रमुख कुशवाहा हत्याको छानबिन माग गर्दै देशभरका क्याम्पस बन्द

काठमाडौं,२असारःनेपाल पब्लिक क्याम्पस संघले आज देशभरका सामुदायिक क्याम्पस बन्द गरेको घोषणा गरेको छ ।संघले बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको घटनाको छानबिनमा दबाब दिन आज (आइतबार) देशभरकाा सामुदायिक क्याम्पस बन्द गर्ने निर्णय गरेको हो ।

संघले एक विज्ञप्ति निकाल्दै दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याई कारबाही गर्न सरकारलाई माग गरेको छ । ‘बाँच्न पाउने नागरिकको मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस् र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भीर बनोस् भनी ध्यानाकर्षण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा यस्ता अमानवीय घटनाको पुनरावृत्ति नहोस् र राज्य तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षणका लागि नेपाल पब्लिक क्याम्पस संघले देशभरि क्याम्पसहरूको पठनपाठन आज एक दिनका लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कुशवाहाको गत शुक्रबार अज्ञात समूहले घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्श कोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि गोली हानी हत्या गरेका थिए । गोली लागि गम्भीर घाइते भएका कुशवाहाको उपचारका क्रममा वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो ।साभार : ईकान्तिपुरबाट

Related posts

आज जनकपुरमा विवाहपञ्चमी महोत्सव मनाइँदै

MadhesKhabar

पशुपतिनाथ क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जना प्रहरीको नियन्त्रणमा

MadhesKhabar

वीरगन्जको लिंकरोड नजिकै पाँच करोडको लगानीमा खुल्यो ‘होटल विराट एण्ड प्लाजा’

MadhesKhabar

Leave a Comment