Madhes Khabar
पर्यटन हेडलाइन

पर्यटन प्रबर्द्धनमा फड्काे मार्दै ठोरी :स्काइ वाक भ्यू टावर पनि सञ्चालन

काठमाडौं,९बैशाख:मधेस प्रदेशकै पर्यटकीय स्थल पर्सनकाे ठोरीमा ‘स्काइ वाक भ्यू टावर’ पनि सञ्चालनमा आएको छ ।

मंगलबार एक कार्यक्रमका बीच स्काइ वाक भ्यू टावरको उद्घाटन गरिएको हो ।

ठाेरी-२ स्थित ‘रेड हिल’ पार्कमा ३१ लाख रुपैयाँकाे लागतमा उक्त स्काइ वाक भ्यू टावर सञ्चालनमा ल्याइएको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त भ्यू टावरमा एक पटकमा २५ जनाले चढेर अवलोकन गर्न सक्‍नेछन् ।

पर्सा पर्यटन कार्यालय वीरगन्जले १५ लाख र ठाेरी गाँउपालिकाले ५ लाख खर्चेर २०७२ सालमै भ्यू टावर निर्माण सुरु गरेको भए पनि बजेट अभावमा उक्त टावर अलपत्र रहेको थियो ।

अधुरो भ्यू टावर बनाउनका लागि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकासले ४ लाख र निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले आन्तरिक स्रोतबाट ७ लाख रुपैयाँ उपलब्ध गराएपछि भ्यू टावर निर्माण कार्य सम्पन्न भएको बस्नेतले बताए ।

‘मिनी उपत्यका’ को रूपमा चिनिने मधेस प्रदेशकै पर्यटकीय गन्तव्य मानिने ठोरीलाई स्काइ वाक भ्यू टावर निर्माणले पर्यटक आगमनमा टेवा पुग्ने उनले बताए ।

केही वर्षयता विशेष गरेर ठोरी भारतीय पर्यटकहरूको रोजाइमा पर्दै आइरहेको बस्नेतले बताए ।साभार:अनलाइनखबर

Related posts

सर्वोच्चको फैसला कार्यान्वयन सुरु : वीरगन्जको मेनराेडमा पर्ने  सरकारी कार्यालयहरु तत्काल हटाउने निर्णय

MadhesKhabar

मधेस प्रदेशकै सबैभन्दा बढी नगद राशीकाे वीरगन्ज गाेल्डकपमा नेपाल र भारतका ८ टिमले भाग लिने

MadhesKhabar

लामखुट्टे नियन्त्रणका लागि आजबाट फगिङ स्प्रे पनि सुरू

MadhesKhabar

Leave a Comment