Madhes Khabar
मनोरञ्जन

राैतहटकाे मधानी महाेत्सवमा भारतीय अभिनेता गाेविन्दाले दिए प्रस्तुति

राैतहट,२५फाल्गुन:रौतहटको मौलापुरमा आयाेजित मधानी महाेत्सवमा भारतीय चर्चित अभिनेता गाेविन्दा अहुजाले आफ्नो प्रस्तुति दिएका छन् ।

मौलापुर नगरपालिकामा आयोजित मधानी महोत्सवमा शुक्रबार गोविन्दाले प्रस्तुती गरे ।त्यसक्रममा उनले तीन वटा हिन्दी गीतमा नृत्य प्रस्तुत गरेका थिए। महोत्सवमा विशेष पाहुनाका रुपमा गोविन्दालाई आमन्त्रण गरिएको थियाे ।

महाेत्सवमा नेपाली अभिनेता पल शाह, भाृजपुरी नायिका निलम गिरी,डान्सर प्रिती आर्यासहित भोजपुरी चलचित्रका कलाकारहरू समेतले गीत तथा नृत्यमा प्रस्तुती दिएका थिए ।कलाकारहरूको प्रस्तुति हेर्न नेपालका विभिन्न जिल्ला र भारतबाटसमेत गरी हजारौंको संख्यामा दर्शकहरू मौलापुर पुगेका थिए ।

मौलापुर नगरपालिकाले आयोजना गरेको महोत्सवकाे प्रमुख अतिथि आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह थिए ।माैलापुर नगरपालिकाकी मेयर रिना साहकाे अध्यक्षतामा आयाेजित महाेत्सवकाे उद्घाटन पूर्वमन्त्री साहले गरेका थिए ।

Related posts

नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

MadhesKhabar

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

वीरगन्ज पब्लिक कलेजमा सिङगीङ र डान्सिङ आइडल सम्पन्न

MadhesKhabar

Leave a Comment