Madhes Khabar
राष्ट्रिय

नेपाली सेनामा फेरि जागिर खुल्यो, ३१९ जनाका लागि दरखास्त आह्वान

काठमाडौं,१४बैशाखःनेपाली सेनाले विभिन्न पदमा झन्डै ३१९ जनाका लागि दरखास्त आह्वान गरेको छ ।शुक्रबार
नेपाली सेनाको जंगी अड्डाले सूचना प्रकाशित गर्दै प्राविधिक–हवाई–विविध सेवातर्फ ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो ।

नेपाली सेनाले नर्सिङ, सिभिल तथा आर्किटेक्चर, सूचना प्रविधि, मेडिकल, डेण्टलदेखि ग्राउण्ड ह्याण्डलिङ र एभिएसन बन्दोबस्ती तथा प्राप्ति उपसमूहतर्फ विभिन्न सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

सूचनामा इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले जेठ १२ गतेसम्म नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा उपस्थित भई तथा सेनाको वेबसाइटमार्फत दरखास्त दिन सक्ने सेनाको उक्त सूचनामा उल्लेख छ ।

यसअघि बैशाख ७ गतेपनि नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै २ हजार ६ सय १५ रिक्त पदमा आवेदन मागेको गरिसकेको छ ।

Related posts

वीरगन्जको सिर्सिया नदि प्रदुषणमुक्त बनाउनका लागि सरकारलाई दबाब दिन काठमाडौंमा धर्ना

MadhesKhabar

सरकारबाट बाहिरिने मुडमा सिके राउत

MadhesKhabar

नेपालमा फेसबुक, ट्वीटर, युट्युब लगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

MadhesKhabar

Leave a Comment