Madhes Khabar
मनोरञ्जन

वीरगन्ज पब्लिक कलेजमा सिङगीङ र डान्सिङ आइडल सम्पन्न

वीरगन्ज,३माघ:वीरगन्जस्थित वीरगन्ज पब्लिक कलेजमा अतिरिक्त साप्ताहिक कृयाकलाप अन्तर्गत बुधबार ‘बिपिसी सिङगीङ आइडल  ’ र `बिपिसी डान्सिङ आइडल´ सम्पन्न भएकाे छ।

क्याम्पसकै सभाहलमा भएकाे ग्रयाण्ड फिनाले कार्यक्रममा सिङगीङ आइडलको उपाधि जान्वी डङ्गोलले जितेकी छन् ।यस्तै सिङगीङ आइडलमा सची गुप्ताले दोस्रो स्थान प्राप्त गरेकी छन् भने आयुष उपाध्याय तेस्रो, सुसान्त मिश्र चौथो, प्रियांशु यादव पाँचौँ र मनिष कर्ण छैठो भएको क्याम्पसका निर्देशक प्रा. डा. दीपक शाक्यले जानकारी दिए ।

त्यस्तै अतिरिक्त क्रियाकलाप सप्ताहअन्तर्गत नै आयोजित दोस्रो डान्सिङ आइडलको उपाधि निशा चौधरीले उचालेकी छन् । डान्सिङ आइडलमा सन्ध्या मगर, रोहित चौधरी तेस्रो, संजु यादव चौथो र सम्झना सर्राफ पाँचौँ भएका छन् ।

सिङ्गिङ र डान्सिङ आइडल विजेता डंगाेल र चौधरीलाई भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत श्री देवी सहाय मीनाले प्रमाणपत्र र ट्रफी प्रदान गर्दै पुरस्कृत गरिन् ।

कलेजका सञ्चालक प्रा. डा दीपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा दिल्ली पब्लिक स्कूलका प्रधानाध्यापक राजीव आनन्द, डीएभी स्कूलका प्रधानाध्यापक राकेश मिश्र, कादम्बरी एकेडेमीका प्रधानाध्यापक राजेन्द्र आचार्य, कलैयास्थित मनोकामना स्कूलका प्रधानाध्यापक अरविन्द चौधरी, वीरगन्ज जेसिसका अध्यक्ष अजय चौधरी, मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवाष जयसवाल, सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर – मुर्लीका अध्यक्ष रामकुमार सर्राफलगायतकोपनि सहभागिता रहेको थियो ।

Related posts

‘गदर २’ ले ताेड्याे ‘पठान’ काे रेकर्ड , ३ दिनमै कमायाे १३५ कराेड भारु

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

बारामा छायांकन गरिएको ‘लै बरी लै लै’ वीरगन्जमा रिलिज

MadhesKhabar

Leave a Comment