Madhes Khabar
मनोरञ्जन

‘गदर २’ ले ताेड्याे ‘पठान’ काे रेकर्ड , ३ दिनमै कमायाे १३५ कराेड भारु

वीरगन्ज ,३०साउन: बलिउड अभिनेता सनी देओलको फिल्म ‘गदर २’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

यो २२ वर्षअघि प्रदर्शन भएको फिल्म ‘गदर’ को सिक्वेल हो। यसको सिक्वेललाई दर्शकले निकै रूचाइरहेका छन्। अक्षय कुमारको ‘ओ माइ गड २’ सँग प्रदर्शन हुँदा पनि फिल्मको व्यापारमा कुनै असर देखिएको छैन।

बलिउड फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले तीन दिनमा १३४ करोड ८८ लाख भारू कमाएको छ। ४० करोड १० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४३ करोड ८ लाख र तेस्रो दिन ५१ करोड ७० लाख भारू कमाएको हो।

‘गदर २’ सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ। यसअघि शाहरूख खानको ‘पठान’ ले हिन्दी संस्करणमा पहिलो दिन ५५ करोड भारू कमाएको थियो।

तेस्रो दिनसम्म आइपुग्दा ‘गदर २’ ले ‘पठान’ को रेकर्ड तोडेको छ। फिल्म रिलिजको तेस्रो दिन ‘गदर २’ ले ५१ करोड ७० लाख कमाउँदै ‘पठान’ को रेकर्ड तोडेको हो। ‘पठान’ ले रिलिजको तेस्रो दिन ३९ करोड २५ लाख भारू कमाएको थियो।

बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ मा भारतीय सेनामा भर्ती भएका तारा सिंहका छोरा पाकिस्तान सेनाको कब्जामा पर्छन्। उनलाई सेनाको कब्जाबाट छुटाउन तारा सिंहले गरेको संघर्षलाई फिल्ममा देखाइएको छ।

अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

सन् २००१ मा प्रदर्शन भएको ‘गदर’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

Related posts

इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत

MadhesKhabar

मेकअप आर्टिस्ट अवार्डबाट बाराकी सजना खतिवडा पुरस्कृत

MadhesKhabar

मिस नेपालकाे वीरगन्ज अडिसनमा ७ जना मात्रै सहभागी

MadhesKhabar

Leave a Comment