Madhes Khabar
राष्ट्रिय

मध्यराति सन्दीप लामिछानेले लेखे– मविरुद्ध षड्यन्त्रमा संलग्न सबैको नाम सार्वजनिक गर्छु

फाइल तस्बिर।

काठमाडौं,२०बैशाख:नृपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गर्दै यो ‘षड्यन्त्र’ रच्ने सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन्।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ८ वर्ष जेल सजाय तोकिएका सन्दीपको पुनरावेदन उच्च अदालत पाटनमा विचाराधीन छ।

सम्भवतः उनले विश्वकप टोली घोषणा हुनुअघि नै आफ्नो मुद्दाको छिनोफानो चाहेका थिए।

त्यसो त सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले केही दिनअघि सञ्चारकर्मीहरुसंगकाे कुराकानीमा कि जेल पठाउनुपर्ने कि खेल्न पठाउनुपर्ने भनेका पनि थिए।

तर उच्च अदालतले पेसी सारेको सार्‍यै गर्दा विश्वकप टोली घोषणा गर्ने दिन आइसक्दा पनि सन्दीपको मुद्दा किनारा लाग्न सकेन।

विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको दिन बुधबार मध्यराति सन्दिपले फेसबुकमा दोस्रो स्टाटस लेख्दै आफूविरुद्ध जाल बुन्नेहरूको नाम चाँडै सार्वजनिक गर्ने दाबी गरेका हुन्।

उनले लेखेका छन्, ‘म सम्मानित अदालतको कानुन र आदेशलाई सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने वाचा गर्छु।’

यसअघि बुधबारै उनले आफू षड्यन्त्रको सिकार भएको र सबै कुरा भगवान्‌को हातमा रहेको भावुक स्टाटस लेखेका थिए।साभार:नेपालखबर

Related posts

मओवादीका उम्मेदवारलाइ झुक्याएर विष खुवाएको भन्दै राजमार्गमा प्रदर्शन

MadhesKhabar

नागरिकता समस्या समाधानका लागि गृह मन्त्रालयद्वारा अध्ययन समिति गठन

MadhesKhabar

गृह मन्त्रालयले भन्याे : भाेलि सार्वजनिक बिदा छैन

MadhesKhabar

Leave a Comment