Madhes Khabar
अन्तर्राष्ट्रिय

नेपाललाई २४ हजार कारोड भारु आर्थिक सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

काठमाडौं,७ मंसिर : नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारु आर्थिक सहयोगको घोषणा गरेको छ ।

दिल्लीस्थित हैदरावाद हाउसमा सोमबार नेपालका प्रधानमन्त्री शाहसंगको द्धिपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन् ।

नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग दिन अनुरोध गरेको थियो । १ खर्ब भारु ऋण र १ खर्ब अनुदान दिन नेपालको अनुरोध थियो । भारतले नेपालले अनुरोध गरेअनुरुप नै सहयोग घोषणा गरेको हो ।

१ खर्ब अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माणमा लगाउने प्रस्ताव नेपालको थियो । त्यस्तै, बुटवल–पोखरा एक्सप्रेस वे बनाउन थप ५० अर्ब भारु सहयोग नेपालले मागेको थियो । तर कुन परियोजनालाई कति रकम सहयोग हुने मोदीले खुलाएका छैनन् ।

Related posts

अफगानिस्तानमा मुसलधारे वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

MadhesKhabar

पानीमा निथ्रुक्क भिजेर भाषण गरिरहेका राहुल गान्धीको तस्वीर भाइरल

MadhesKhabar

नेपाललाई भारतले ७ सय करोड भारु अनुदान दिने

MadhesKhabar

Leave a Comment