जनकपुरधाम,८मंसिरःप्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेको ‘सरयू–कमला एक्सप्रेस’ रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ ।भारतको अयोध्याबाट सोमबार हिडेको उक्त रेल ६ सय ४ किलोमिटर दूरी तय गर्दै मंगलबार बिहान जनकपुर आइपुगेको हो ।
अयोध्याबाट करिब १ हजार यात्रु बोकेर आइपुगेको उक्त रेल र त्यसमा रहेका यात्रुलाई जनकपुर रेल्वे स्टेसनमा संघ सरकारका श्रम तथा रोजगार मन्त्री रामजी यादव, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव लगायतले स्वागत गरेका छन् ।
सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्रीले हरियो झन्डा देखाएपछि उत्तर प्रदेशको अयोध्यास्थित क्यान्ट स्टेसनबाट जनकपुरका लागि रेल गुडेको थियो ।
सरयू कमला एक्सप्रेस रेल हरेक शनिबार जनकपुरधामबाट र सोमबार अयोध्या क्यान्टबाट छुट्ने तालिका रहेको छ।उक्त रेल सेवाले अवध र मिथिल बीचको शताब्दीयौं पुरानो सांस्कृतिक,आध्यात्मिक तथा रोटी–बेटी सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिइएको छ ।

