बारा,८ मंसिर :बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा मंगलबार बिहान आगलागी हुदाँ १० लाख रुपैयाँ भन्द्या बढी धनमाल जलेर नष्ट भएको छ। मंगलबार बिहान करिब ३ बजेतिर स्थानीय रतन महरा चमारको घरबाट सुरु भएको आगलागीबाट छिमेकी धुरेन्द्र महरा र हरिन्द्र रामको घरमा पनि क्षति भएको छ ।
रतनको घरमा विद्युत् तार सर्ट भएर आगलागी हुँदा करिब आगलागीबाट घरभित्र राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, गरगहना, दुईवटा साइकल तथा घरपालुवा बाख्रा जलेर नष्ट भएका छन्।
आगलागीको खबर पाएलगत्तै स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले वारुणयन्त्रको मदतमा आगो नियन्त्रणमा लिने प्रयास गरेको थियो।
प्रहरी चौकी मटिअर्वाका प्रमुख प्रहरी नायब निरीक्षक राकेश साहका अनुसार प्रारम्भिक विवरणमा आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। मानवीय क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ।

