Madhes Khabar
राष्ट्रिय

नेपाललाई भारतले दिने २ खर्ब ४० अर्बको सहयोग : ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग

काठमाडौं,७मंसिरः भारतले ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ ।प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भएको दुईपक्षीय वार्तापछि जारी संयुक्त प्रेस वक्तव्यमा यसबारे जानकारी गराइएको हो ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको २ खर्ब ४० अर्ब आर्थिक सहयोगको प्याकेजमध्ये भोटेकोशी बाढीपछिको पुनर्निमाणका लागि ३५ अर्ब भारु अर्थात् ५६ अर्ब नेपाली अनुदान छुट्टयाइएको हो ।

बाँकी १ खर्ब १५ अर्ब भारु अर्थात् १ खर्ब ८४ रुपैयाँ लाइनअफ क्रेडिट (सहुलियतपूर्ण ऋण) अन्तर्गत दिइने विज्ञप्तिमा उल्लेख छ ।

नेपालले १ खर्ब भारु अनुदान र थप १ खर्ब ऋण सहयोग उपलब्ध गराउन भारतलाई अनुरोध गरेको थियो ।साभारःअनलाइनखबर

Related posts

जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयाे भूकम्प

MadhesKhabar

मौन अवधीमा पनि उम्मेदवारका प्रचार सामाग्री हटाइएन

MadhesKhabar

आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

MadhesKhabar

Leave a Comment