Madhes Khabar
राष्ट्रिय

आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

सांकेतिक फोटो।

काठमाडौं,२७जेठ:राज्य व्यवस्था तथा सुशासन समितिले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको विधेयक पारित गरेको छ । सरकारले ल्याएको नागरिकता विधेयक राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

 

राज्य व्यवस्था समितिको मंगलबारको बैठकले नेपाल नागरिकता ऐन-२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । समितिका सभापति खतिवडाका अनुसार उक्त विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था छन् । पहिले नागरिकता लिनका लागि आमा र बाबु दुवै अनिवार्य हुन्थ्यो ।

आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसरी गरिएको स्वघोषणा गलत ठहरिएमा १ वर्षसम्म कैद र जरिवानाको व्यवस्था पनि राखिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुन नहुँदा नागरिकताविहीनको संख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।

त्यस्तै, नागरिकता कार्यालय प्रमुखको भूमिकामा रहेका नायब सुब्बाले पनि दिने व्यवस्था विधेयकमा राखिएको छ । समिति सचिव सुरज दुराका अनुसार यो विधेयक पारित भएर ऐनका रूपमा कार्यान्वयनमा आएपछि कार्यालय प्रमुखको रूपमा काम गरिरहेका नायब सुब्बाले पनि नागरिकता दिन पाउनेछन् ।साभार:इकान्तिपुर

Related posts

महिलाले अधिकार नपाएसम्म देशको विकास हुन सक्दैन: मन्त्री यादव

MadhesKhabar

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदबहाली,जेनजी आन्दोलनका मृतकलाई १० लाख दिने निर्णय

MadhesKhabar

बझाङमा जिप दुर्घटना हुदा ६ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment