Madhes Khabar
राष्ट्रिय हेडलाइन

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदबहाली,जेनजी आन्दोलनका मृतकलाई १० लाख दिने निर्णय

काठमाडौं,२९भदाैं:नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेकी छन्। नवनियुक्त प्रधानमन्त्री कार्कीले आइतबार बिहान पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा पदबहाली गरेकी हुन्।

यसैबीच सरकारले जेनजी आन्दोलनका मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेकाे छ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन्। मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले मृतकका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।

त्यस्तै, घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय भएको र त्यही अनुसार उपचार गर्ने काम भइरहेको उनले बताए।

पदबहाली समाराेहमा कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो।

प्रधानमन्त्री कार्की शुक्रबार साँझदेखि नै बालुबटारस्थित प्रधानमन्त्री निवासमा बस्न थालेकी छन्।

कार्कीले आइतबार नै सानो आकारको मन्त्रिपरिषद् बनाउने भएकी छन्।त्यसका लागि उनले सरोकारवालासँग शनिबार बिहान र साँझ छलफल चलाएकी थिइन्।

Related posts

विराटनगरमा उपेन्द्र यादवका छोरा अमरेन्द्रको लज्जास्पद हार

MadhesKhabar

रौतहटमा माधव नेपालले शिलान्याश गरेको पुल १२ वर्ष सम्ममा पनि बनेन

MadhesKhabar

जसपा पर्साका उपसचिव कुशवाहा भन्छन् : मैले गुट फेरेको छैन, रामनरेशकै साथमा छु

MadhesKhabar

Leave a Comment