Madhes Khabar
राष्ट्रिय

सरकारले दिएको विभूषण नबेच्न महावीर पुनलाई गृह मन्त्रालयको आग्रह

काठमाण्डौं,२३ साउन: गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई सरकारले दिएको विभूषण लिलामीमा नराख्न आग्रह गरेको छ ।

वीरगन्ज कृषि औजार कारखानाको मर्मतसम्भारमा सम्झौता गरेरपनि सरकारले रकम नदिएको भन्दै पुनले कारखाना मर्मतसम्भारको खर्च जुटाउनका लागि भन्दै आफुले पाएका विभूषण र पदकहरु बिक्रीका लागि लिलामीमा राखिएको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।

गृहमन्त्रालयले पुनलाई एक जानकारी पत्र पठाएर नेपाल सरकारले दिएको मानपदवी उज्जवल कीर्तियम राष्ट्रदीप द्वितीय श्रेणी न्यूनतम मूल्यसमेत उल्लेख गरेर बिक्रीका लागि लिलामीमा राखिएको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएकोले त्यसो नगर्न आग्रह गरेको हो ।

कुनै नेपाली र विदेशीलाई दिएको मानपदवी र विभूषण कसैलाई बिक्री गरेमा, बन्धकी राखेमा वा मर्यादा विपरीत हुने गरी प्रयोग गरेमा सरकारले विभूषण रद्द गर्ने विषय पनि स्मरण गराएको छ । यसरी विभूषण नै रद्द भएपछि पाउने व्यक्तिको नामसमेत रद्द गरेर सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन हुने विषय पनि गृह मन्त्रालयले प्रष्ट पारेको छ ।

महावीर पुनजस्तो प्रतिष्ठित र सम्मानित व्यक्तिबाट कुनै गैरकानुनी कार्य नहुनेमा मन्त्रालय विश्वस्त रहेको पनि पत्रमा उल्लेख छ ।

Related posts

मिटरब्याज पिडितहरुकाे समस्या समाधान गर्न सरकारले गठन गर्याे उच्चस्तरीय आयोग

MadhesKhabar

कृषि,शिक्षा,स्वास्थ्यका १२ परियोजना अघि बढाउन संघीय मामिला मन्त्रालय र भारतीय दूतावासबीच समझदारी

MadhesKhabar

संघ र प्रदेशको निर्वाचनमा मंसिरमा गर्ने निर्वाचन आयाोगको तयारी

MadhesKhabar

Leave a Comment