Madhes Khabar
राष्ट्रिय

विरगन्ज कृषि औजार कारखानाको लागि महावीर पुनले राखे मेडल लिलामीमा

काठमाडौं, १७ साउन : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् ।

पुनले विरगन्जस्थित कृषि औजार कारखानाको मर्मत तथा सञ्चालनका लागि रकम जुटाउन आफुले पाएका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मेडल लिलामीमा राखेको बताइएको छ ।

उद्यमी आलोक सुबेदीले सामाजिक सञ्जाल फेसबुकमा केन्द्रका अध्यक्ष पुनको अनुरोधमा पुनका पाँच मेडल लिलामका लागि राखिएको बताएका छन् ।

लिलामीबाट प्राप्त हुने सम्पुर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रलाई जाने र उक्त रकमलाई विरगन्ज कृषि औजार कारखानाको लागि प्रयोग गरिने पनि उनले जानकारी दिएका छन् ।

नेपाल सरकारले कृषि औजार कारखानाको मर्मत सम्भार र मेसिनरी औजार थप गर्नका लागि पहिलो पटक अनुदान दिने भने पनि अहिले आएर ऋण दिने भनेको पनि पुनले उल्लेख गरेका छन् । साभार : नागरिक

Related posts

मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्‍याउनुपर्छ : उपराष्ट्रपति यादव

MadhesKhabar

असार १ गते अर्थात बुधबार देखि विदा र कार्यलय समय पुरानै

MadhesKhabar

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित

MadhesKhabar

Leave a Comment