Madhes Khabar
राष्ट्रिय

असार १ गते अर्थात बुधबार देखि विदा र कार्यलय समय पुरानै

मधेसखबर
वीरगन्ज,३१जेठः  असार १ गते अर्थात बुधबार देखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ ।

गृह मन्त्रालयले सूचना निकालेर जेठ २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार असार १ गते अर्थात बुधबार देखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको शनिबार र आइतबार गरि हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ ।

सरकारी कार्यालय असार १ गते अर्थात बुधबार देखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ ।यस्तै शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने गृहमन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

Related posts

तीन नेपाली महिला वैज्ञानिकलाई अन्तर्राष्ट्रिय अवार्ड

MadhesKhabar

इजरायलबाट नेपालीको उद्धार सुरु, २५४ जना आइपुगे काठमाडौं

MadhesKhabar

सडक नै नभएको ठाउँमा पाँच करोडको पुल

MadhesKhabar

Leave a Comment