Madhes Khabar
राष्ट्रिय

सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

फाइल तस्बिर ।

काठमाडौं,२६ साउनः सरकारले सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।उनका अनुसार, सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता र त्यस्तै, सिरहामा ज्यान गुमाएका गणेश यादवलाई शहीद घोषणा गरिएको हो ।

सुनसरीको कप्तानगञ्जमा दुई हप्ता अघि दुई फरक धर्म समुदायका बीच भएको तनावको विषयलाई लिएर भएको घटनामा सुनसरीमा ३ जनाको र सिरहामा १ जनाको गोली लागेर मृत्यु भएको थियो ।

Related posts

बजार अनुगमन र दण्ड सजायको अधिकार स्थानीय तहलाई दिनुपर्छ : मन्त्री रिजाल

MadhesKhabar

नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

MadhesKhabar

रवि लामिछाने तत्काल नछुट्ने,अदालतबाट फेरि ७ दिनको म्याद थप

MadhesKhabar

Leave a Comment