Madhes Khabar
राष्ट्रिय हेडलाइन

रवि लामिछाने तत्काल नछुट्ने,अदालतबाट फेरि ७ दिनको म्याद थप

फाइल तस्बिर ।

कस्की,८कार्तिकः सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा थप ७ दिन राख्न अदालतले जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको छ ।

शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन प्रहरी हिरासतमा राख्न कास्की जिल्ला अदालतले बिहीबार म्याद थपको अनुमति दिएको हो ।यसअघि ६ दिनको म्याद बिहीबार सकिन लागेपछि अदालतले थप ७ दिनको म्याद थपेको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको प्रकरणमा गत शुक्रबार पक्राउ परेका लामिछानेलाई बिहीबार दोश्रो पटक कास्की जिल्ला अदालतमा पेश गरिएको थियो ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई बिहीबारदेखि लागू हुनेगरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब लामिछानेलाई आगामी बुधबार अपराह्नसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि थुनाअवधि लम्ब्याउनु परे अनुसन्धानको प्रगति विवरणसहित अदालतबाट प्रहरीले फेरिः म्याद थपको अनुमति लिनु पर्दछ ।
गत शुक्रबार काठमाडौकों वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई शुक्रबारनै राति स्थलमार्ग हुदैं प्रहरीले पोखरा पु¥याएको थियो ।

Related posts

वीरगन्ज महाननगरमा गठबन्धनको जित , मेयरमा राजेशमान र उपमेयरमा इम्तियाज विजयी

MadhesKhabar

सिकारीवासकोे विधालयलाई एनआरएन श्रेष्ठद्धारा भाँडावर्तन सहयोग

MadhesKhabar

वीरगन्जबाट मूर्ती सेलाउन गएको जिप दुर्घटना : १ को मृत्यु , ६ घाइते

MadhesKhabar

Leave a Comment