Madhes Khabar
राष्ट्रिय हेडलाइन

रवि लामिछाने तत्काल नछुट्ने,अदालतबाट फेरि ७ दिनको म्याद थप

फाइल तस्बिर ।

कस्की,८कार्तिकः सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा थप ७ दिन राख्न अदालतले जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको छ ।

शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन प्रहरी हिरासतमा राख्न कास्की जिल्ला अदालतले बिहीबार म्याद थपको अनुमति दिएको हो ।यसअघि ६ दिनको म्याद बिहीबार सकिन लागेपछि अदालतले थप ७ दिनको म्याद थपेको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको प्रकरणमा गत शुक्रबार पक्राउ परेका लामिछानेलाई बिहीबार दोश्रो पटक कास्की जिल्ला अदालतमा पेश गरिएको थियो ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई बिहीबारदेखि लागू हुनेगरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब लामिछानेलाई आगामी बुधबार अपराह्नसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि थुनाअवधि लम्ब्याउनु परे अनुसन्धानको प्रगति विवरणसहित अदालतबाट प्रहरीले फेरिः म्याद थपको अनुमति लिनु पर्दछ ।
गत शुक्रबार काठमाडौकों वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई शुक्रबारनै राति स्थलमार्ग हुदैं प्रहरीले पोखरा पु¥याएको थियो ।

Related posts

वीरगन्जको मेनरोड विस्तार सम्बन्धि मुद्दाको पेसी फेरि सर्‍यो,अब कहिले ?….

MadhesKhabar

गौर हत्या काण्डको दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउन गृहले गर्‍यो पत्राचार

MadhesKhabar

बिहेको १० वर्ष पछि ललिताले एकै पटक जन्माइन् तीन छोरा

MadhesKhabar

Leave a Comment