Madhes Khabar
राष्ट्रिय

सांसदमा चुनाव लड्ने सन्चारकर्मी रवि लामिछाको घोषणा

मधेसखबर
वीरगन्ज,०२असार : सन्चारकर्मी एंव टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले पत्रकारीता छाडेर अब राजनीतिमा लाग्ने घाोषणा गरेका छन् ।

बिहीबार सामाजिक सन्जाल फेसबुकमा एक भिडयो सार्वजनिक गर्दै लामिछानेले पत्रकारीता छाडेर अब राजनीति गर्ने घोषणा गरेका हुन् ।

बिहीबार देखि पत्रकारीता छाडेर पूर्णकालीन राजनीतिमा आएको उनको भनाइ छ । लामिछानेले भनेका छन् ,‘ पत्रकारीतालाइ विश्राम दिदैछु , पत्रकारीतामा रहदा जनताका लागि मैले सकेको जति गरे , तर त्यसको हिसाब किताब कहिले चाहिदैन , पत्रकारीतामा रहेर केहि राम्रो गरेछु भने पनि त्यसको ब्याज कहिले पनि माग्दीन ।

उनले अब आफनो आवाज टिभीको पर्दाबाट संसद सम्म पुरयाउन चाहेको भन्दै आगामी संघको निर्वाचनमा संसदमा लड्ने संकेत पनि गरेका छन् । उनले भनेका छन् ,‘ अब म पूर्णकालीन राजनीतिमा आएको छु , राजनीतिको नयाँ पुस्ता बन्न चाहन्छु ।

उनले यहि असार ७ गते दिउसो १ बजे काठमाण्डौको राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरेर त्यहि दिन आफनो राजनीतिक योजना र रणनीति सार्वजनिक गर्ने बताएका छन् । भिडियोमा भनेका छन् ,‘ मसंग केहि योजनाहरु छन् , त्यसलाइ साकार पार्नु पर्छ, ती सबै कुरा म असार ७ गते राष्ट्रियसभाको कार्यक्रममा सार्वजनिक गर्नेछु ।

Related posts

उम्मेदवारले चुनावी खर्चका लागि व्यक्ति तोक्नुपर्ने, बैंक खाता पनि खोल्नुपर्ने

MadhesKhabar

काठमाडौं–रक्सौल रेलको निर्माण लागत ४ खर्ब

MadhesKhabar

विवेकशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रको राजीनामा

MadhesKhabar

Leave a Comment