Madhes Khabar
राष्ट्रिय

बारामा काँग्रेसको विजय जुलुशमा झडप

मधुरी महत्तो
वीरगन्ज ,०८ जेठ
:बाराको महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसको विजय जुलुशमा झडप भएको छ ।
महागढीमाइ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा काँग्रेसले जितेको छ ।
आइतबार अपरान्ह नवनिर्वाचित जनप्रतिनिधीहरुका साथ काँग्रेस समर्थकहरुले निकालेको विजय जुलुश वडा नम्बर २ इनर्वा टोलको मुसहरवस्तीमा पुग्दा झडप भएको हो ।
विजय जुलुशमा बजाइएको डिजेको विषयमा स्थानीयले विवाद गरेपछि विजय जुलुशमा सहभागीहरुले प्रतिवाद गरेपछि झडप भएको हो ।
वडा नम्बर २ को वडाअध्यक्षमा नेकपा एमाले र सदस्यमा जसपाले जितेको छ ।
काँग्रेसको विजय जुलुश इनर्वा स्थित दलितवस्तीमा पुग्दा एमाले र जसपाका समर्थकहरुले चर्को साउण्डमा बजाइएको डिजे र अबीर लगाएको विषयमा विवाद गरेपछि झडप भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
झडपमा दुवै पक्षका गरि बालिका , गर्भवती महिला सहित एक दर्जन घाइते भएका छन् ।
यस्तै स्थानीयको घर र सवारीसधानम तोडफोड पनि गरिएको छ ।
प्रतिकारमा उत्रिएका स्थानीय एमाले र जसपाका समर्थकहरुले विजय जुलशमा सहभागी काँग्रेसका समर्थकलाइ कुटपिट पनि गरेका छन् ।
झडपमा शम्भु यादव , बलिराम प्रसाद यादव,मुक्ति प्रसाद यादव,महिन्द्र यादव,लाल प्रसाद यादव, लालदेव मुसहर ,रामदेव माझी मुसहर ,रुपनारायण यादव,जगदेव हटवे,श्रवन यादव,मिश्री राउत, पन्नालाल यादव लगायतका घाइते भएका हुन् ।
विजय जुलुशमा सहभागीहरुले स्थानीयको केहि घर र पसलमा लुटपाट पनि गरेको स्थानीय एमाले र जसपाका समर्थकले आरोप लगाएका छन् ।


यता प्रहरीले भने काँग्रेसको विजय जुलुश परिक्रमा गर्ने क्रममा इनर्वामा जित हारको विषयलाइ निहु बनाएर स्थानीयसंग झडप भएको बताएको छ । बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले झडपमा ५÷६ जना मात्रै सामान्य घाइते भएको र कलैयाको अस्पतालमा उपचार पछि उनिहरु घर फर्कि सकेको बताए ।
घटनाका जानकारी पाए लगत्तै त्यहा नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर स्थिती नियन्त्रणमा लिएको उनले बताए ।
अहिले त्यहाको अवस्था सामान्य रहेको थापाले बताए ।

Related posts

महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

MadhesKhabar

स्वास्थ्यमन्त्रीबाट संगीता मिश्रको नाम काटियो, आज ४ जना मन्त्रीलाई मात्रै शपथ गराइँदै

MadhesKhabar

फास्ट ट्र्याकमा सेनाको चरम लापरबाही, पेश्की लिएर पनि गरेन काम

MadhesKhabar

Leave a Comment