Madhes Khabar
राष्ट्रिय

महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

काठमाडौं,१५असोजः महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले पदबाट राजीनामा दिएका छन्।उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी कुवेर कडायतले जानकारी दिए।

महिला प्रहरी हवल्दारमाथि जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोप पालमाथि लागेको थियो। उनीमाथि आरोप लागेपछि प्रहरीले छानबिन समितिसमेत गरेको थियो।

समितिले उनलाई कारबाही गर्नुपर्ने सिफारिस गरेको थियो। त्यसअनुसार असार १ गते गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो।निलम्बनमै रहेका एसएसपी पालले राजीनामा दिएसँगै प्रहरी प्रधान कार्यालय नक्सालले स्वीकृतीका लागि गृह मन्त्रालयमा पठाएको हो। साभारः सेतोपाटीबाट

Related posts

वीरगन्जकाे एक मतदान केन्द्र : मतदान अधिकृत सहित सुरक्षाकर्मी सबै महिला

MadhesKhabar

नेपालमा पनि ७ जनामा काेराेना पुष्टि

MadhesKhabar

बारामा काँग्रेसको विजय जुलुशमा झडप

MadhesKhabar

Leave a Comment