Madhes Khabar
राष्ट्रिय

बालेनको भारत भ्रमणको ऐतिहासिक उपलब्धि : भैरहवा–लखनउ हवाई रुट दिन भारत सहमत

काठमाडौं,७मंसिरः भारतले नेपाललाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश रुट दिन सहमति जनाएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा यस विषयमा सहमति जुटेको हो।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा भैरहवा–लखनउको हवाई रुट उपलब्ध गराउने सहमति भएको एक अधिकारीले जानकारी दिए।

दुई प्रधानमन्त्रीबीचको संयुक्त पत्रकार सम्मेलनमा भने हवाई रुटबारे औपचारिक घोषणा गरिएको थिएन। छलफलका क्रममा भारतले भैरहवाका लागि हवाई प्रवेश रुट दिन सहमति जनाएको ती अधिकारीले बताए।

त्यस्तै, नेपाल–भारतबीच देखिएका सीमा समस्यालाई पनि कूटनीतिक छलफलमार्फत समाधान गर्ने सहमति भएको छ। दुई देशबीचको सीमा विवाद र समस्यालाई वार्ता तथा कूटनीतिक माध्यमबाट अघि बढाउने समझदारी भएको अधिकारीको भनाइ छ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि पश्चिमतर्फबाट सहज हवाई प्रवेश रुट नहुँदा अन्तर्राष्ट्रिय उडान सञ्चालन तथा विस्तारमा समस्या हुँदै आएको छ। भारतबाट हवाई रुटको सहमति जुटेमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ।

Related posts

बालेन सरकारको निर्णय : हटाइएको सुकुम्बासी बस्तीका परिवारले आफैंले वैकल्पिक व्यवस्था गर्नुपर्ने

MadhesKhabar

आगामी निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय

MadhesKhabar

वीरगन्जमा १० हजार नक्कली मतपत्र र २ लाख ७२ हजार नगद सहित दुई जना पक्राउ

MadhesKhabar

Leave a Comment