Madhes Khabar
स्थानिय

पर्साको फुलकवलमा नवनिर्मित प्रवेशद्वारको मन्त्री गुप्ताले गरे उद्घाटन

वीरगन्ज,३२साउनःपर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकवलमा नवनिर्मित प्रवेशद्वारको शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले उद्घाटन गरेका छन् ।

प्रवेशद्वारको उद्घाटन गर्दै मन्त्री गुप्ताले बहुदरमाई नगरपालिकामा निर्माण गरिएको प्रवेशद्वारले नगरपालिकाको पहिचान झल्काउने बताए ।उनले प्रवेशद्वारको निर्माणले स्थानीयलाई सामाजिक तथा धार्मिक कार्यक्रम गर्न सहजता मिल्नेपनि बताए ।

मन्त्री गुप्ताले बहुदरमाई नगरपालिकामा विद्यमान समस्याहरुसंग आफु जानकार रहेको बताउँदै ती समस्या समाधान गर्न प्रतिबद्ध रहेकोपनि बताए ।मेयर सिंहासन साह कानुको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा ,बहुदरमाई नगरपालिकाकी उपमेयर सुष्मा कुशवाहा,सखुवा प्रसौनी गाँउपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल, रुबी ठाकुर लगायतकोपनि उपस्थिती थियो ।

Related posts

पर्सामा ६ वर्षीया बालिकालाई बलात्कार गरेर ४ महिनादेखि फरार रहेका अभियुक्त पक्राउ

MadhesKhabar

पूर्वगाविस उपाध्यक्ष यादव एमालेमा प्रवेश

MadhesKhabar

बारामा श्रीमान्‌ले गरे श्रीमतीको हत्या, दुई छाेरीपनि घाइते

MadhesKhabar

Leave a Comment