Madhes Khabar
राष्ट्रिय

रक्साैल-काठमाडौं रेलमार्गको डीपीआर एक महिनामा तयार हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

सांकेतिक फाेटाे

काठमाडौं ,१३चैत : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) एक महिनाभित्र तयार हुने बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उप्रधानमन्त्री श्रेष्ठले भारत सरकारको सहयोगमा रक्सौलदेखि काठमाडौंसम्म बनाउन लागिएको रेलमार्गको डीपीआर एक महिनाभित्रै पाउने अपेक्षा रहेको बताए ।

‘एक महिनाभित्र रक्सौल–काठमाडौंको रेलवे सञ्चालन सेवाको निम्ति भारत सरकारको सहयोगमा गरिएको डिटेल प्रतिवेदन पाउने हामी अपेक्षामा छौं । हामीलाई त्यस्तो जानकारी गराउनुभएको छ,’ उनले भने ।

यस्तै केरूङ–काठमाडौंको रेल्लवेकाे पनि चीन सरकारबाट सम्भाव्यता अध्ययन प्रक्रिया पनि सुरू गरिने उनले बताए ।

‘केरूङ–काठमाडौंको रेलवे सेवाको निम्ति चीन सरकारबाट सम्भाव्यताको अध्ययन ठोस रूपमा सुरूवात गराउने काम भएको छ,’ उनले भने ।

Related posts

आज संविधान दिवस : देशभर सार्वजनिक विदा

MadhesKhabar

मध्यराति सन्दीप लामिछानेले लेखे– मविरुद्ध षड्यन्त्रमा संलग्न सबैको नाम सार्वजनिक गर्छु

MadhesKhabar

रवि लामिछानेको दोहोरो पासपोर्ट बारे अनुसन्धान शुरु

MadhesKhabar

Leave a Comment