Madhes Khabar
स्थानिय

बाराका एसपी कुवँरकाे सरुवा,अब थापा आउँदै

बारा,८ मंसिर: जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको सरुवा भएको छ। उनको स्थानमा नेपाल प्रहरी अस्पताल प्रशासन, महाराजगञ्ज काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक कुमार विक्रम थापा आउने भएका छन्।

एसपी कुँवरको कर्णाली प्रदेश प्रहरी गण वीरेन्द्रनगर सुर्खेतमा सरुवा भएको हो। नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले मंसिर ८ गते गरेको निर्णयअनुसार ६० जना प्रहरी उपरीक्षकहरूको सरुवा तथा काज गरिएको हो।

प्रहरी प्रधान कार्यालयको पत्रअनुसार सरुवा भएका प्रहरी उपरीक्षकहरूले मंसिर महिनादेखि नयाँ दरबन्दीबाट तलब, भत्ता लगायतका सुविधा पाउनेछन्।

प्रहरी प्रधान कार्यालयले सरुवा गर्ने क्रममा बारामा अहिले जिल्ला प्रहरी कार्षालय बारामा सरुवा गरि पठाएका प्रहरी उपरीक्षक थापा,यसअघि जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी नायब उपरीक्षक (डीएसपी ) का रुपमा कार्यरत थिए।

Related posts

वीरगन्जमा आयाेजित तीन दिने चित्रकला प्रर्दशनी सम्पन्न

MadhesKhabar

वीरगन्जको मेनरोडमा डोजर चलेपछि पीडित घरधनी र व्यपारीहरु आन्दोलित : ९/९ मिटरमात्रै चौंडा गर्न माग

MadhesKhabar

क्याम्पस प्रमुख कुशवाहाको हत्यारालाई कारबाहीको माग गर्दै कलैयामा विद्यार्थीहरुको प्रदर्शन

MadhesKhabar

Leave a Comment